५ आश्विन २०८१, शनिबार

समाजवादी मोर्चामा आवद्ध शिर्ष नेताहरुको बैठक विहान बस्यो,साँझ ६ बजे फेरी बस्ने गरी स्थगित

0

काठमाडौं । चार दलिय समाजवादी मोर्चा नेपालका शिर्ष नेताहरुको बैठक आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको छ । बैठक विहान साढे ८ बजे देखि १० बजे सम्म बसेको हो ।

समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका चार दलिय मोर्चाका दोस्रो तहका नेताहरुको सहभागीता रहेको थियो ।

समाजवादी मोर्चाको बैठकले मोर्चा मार्फत भएका यसअघिका काम कार्वाहीहरु सकरात्मक भएको र जनतामा नयाँ आशा जगाएको ठहर गरेको छ ।

मोर्चाको बैठकले देशको पछिल्लो राजनीतिक संकटपूर्ण अवस्थाको बारे गहिरो छलफल गर्दै अबको बस्तुबादी राजनीतिक निकासका विषयमा पनि गम्भीरताका साथ छलफल गरेको छ ।

मोर्चाको बैठकले समाजवादी मोर्चाको नेतृत्व प्रणालीकाबारे छलफल गरेको छ । समाजवादी मोर्चामा चार– चार महिनामा नेतृत्व परिवर्तन गर्ने सहमति अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको समयाबधि करिब सकिएको छ ।

मोेर्चाको बैठकले समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउन नयाँ योजना,कार्यक्रम र आगामी नेतृत्वका बारे पनि छलफल भएको छ ।

समाजवादी मोर्चाको विहानको बैठकबाट केही विषयमा थप छलफल गर्नुपर्ने भएकाले आज साँझ ६ बजे बैठक फेरी बस्ने गरी स्थगित भएको नेकपाका केन्द्रीय सदस्य तथा नेकपाका महासचिव विप्लवको सचिवालयका सदस्य अडिक सीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।