१४ बैशाख २०८१, शुक्रबार

नेकपाद्वारा चितवन र बारामा धान राेपाई गरी जनश्रमदान

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी चितवनले जिल्लाको भरतपुर महानगर पालिका वडा नं. ९ गौरीगञ्जमा आज धान रोपाइँ कार्यक्रम गरेको छ ।             

धान रोपाइँमा जिल्ला इन्चार्ज सन्देश पूर्व जिल्ला सचिव मिन प्रसाद, जिल्ला सचिव उत्सव, स्वास्थ्य संगठनका महासचिव प्रकाश चन्द लगायत विभिन्न विभागका केन्द्रिय नेताहरु र स्थानीय जनता पनि सहभागी थिए । 

यसैगरी नेपाल कम्युनिस्ट पार्टी बारा जिल्लाको आयोजनामा निजगड नगरपालिका १२ को राम बहादुर दोङ्गको खेतमा एकदिने जनश्रमदान गरिएको छ ।

महिनाको एकदिन श्रममा सहभागी हुने निर्णय अनुसार रोपाई कार्यक्रम सम्पन्न भएको छ । पार्टीलाई आत्मनिर्भर बनाउन अनिवार्य श्रमा भाग लिनुपर्ने र जनतालाई अनिवार्य श्रममा भाग लिन प्रेरित गर्ने उदेश्यले जनश्रमदान कार्यक्रम गरेको जिल्ला सेक्रेटरी विक्रमले जानकारी दिनुभयो । श्रमले जनताई आत्मनिर्भर बनाउने र मासुभातमा आफ्नो भोट बेच्न बाध्य हुने सँस्कार खारेज गर्ने, जनतालाई स्वाभलम्बी भई आत्मनिर्णय गर्न सक्ने बनाउन पनि जनतालाई अनिवार्य श्रममा भागलिनुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समितिका सबै सदस्यहरु र नगर र सेल सदस्य गरि जम्मा ४५ जनाको सहभागिता थियो ।   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।