५ आश्विन २०८१, शनिबार

माओवादी केन्द्र र सरकारबिचको कार्यदल समय टार्ने औजार हुनुहुदैनः अनिल सी

0

चितवन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले नेकपा (माओवादी केन्द)्र र नेकपाबिच तीन बुँदे सहमतिको कार्यान्वयन गर्न गठित कार्यदल समय गुजार्ने औजार हुन नहुने बताएका छन ।

विहिवार चुलेसी होटलमा पूर्वी चितवन जिल्ला समितिको बैठकलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य अनिल सीले यस्तो कुरा बताएका हुन ।
उनले तत्कालिन ओली सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति अनुसार मुद्धा फिर्ता गर्ने र बन्दी रिहा गर्ने कार्य कार्यान्वयन गरिसक्नुपर्नेमा बल्ल कार्यदल बन्नुपर्ने परिस्थिति आफैमा बिडम्वनापूर्ण भएको बताए ।

आज विहान मात्रै नेकपा (माओवादी केन्द्र) र सरकारको तर्फबाट तीन र नेकपाको तर्फबाट तीन सदस्यीय कार्यदल गठन भएको थियो ।

बैठकमा ब्यूरो इन्चार्ज एटम सीले पनि प्रशिक्षण दिएका थिए । जिल्ला सचिव सूर्य सीले अध्यक्षता गरेको बैठकमा जिल्ला इन्चार्ज उत्सवले सङ्गठनात्मक विषयमा प्रशिक्षण दिएका थिए ।

बैठकमा लिला सी,डायमण्ड सी,सुलभ, सारदा,विराट, टिका, रामबहादुरप्रजा,रुद्र, अर्जुन,रमेश सी,भिम,मिनराज सी लगायतले आ–आफ्नो सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकले लघुवित्त र भ्रष्टाचार विरुद्ध प्रतिरोध सङघर्ष गर्ने निर्णय गरेको जिल्ला इन्चार्ज उत्सव सीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।