५ आश्विन २०८१, शनिबार

नेकपा बर्दियाद्धारा लागु औषध कारोबार र तस्करी रोक्न प्रशासनलाई आग्रह

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जिल्लामा अवैद्य रुपमा हुने लागु औषध कारोवार र तस्करी रोक्न जिल्ला प्रशासन कार्यालय बर्दियालाई आग्रह गरेको छ ।

हालै सल्यानबाट बर्दिया जिल्लामा सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेललाई नेकपाका जिल्ला इन्र्चाज हिमशिखर लगायतको टिमले सुक्रबार भेटगरी स्वागत तथा सम्मान गर्दै जिल्लामा लागु औषध कारोवार र तस्करी रोक्न आग्रह गरेको हो ।

नेकपाको टिमले जिल्ला हुने अवैद्य लागु औषध कारोवार,तस्करी,चोरी डकैती,लगायतका विकृतिहरु रोक्न पार्टीको तर्फबाट जिल्ला प्रशासन कार्यलयलाई पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएको छ ।

भेटका अवसरमा प्रमुख जिल्ला अधिकारी खरेलले जिल्लामा सबै राजनीतिक पार्टीको सहयोगमा अपराधिक घटनाहरु नियन्त्रणमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

उनले नेकपाले दिएको सल्लाह र सुझावलाई विशेष ध्यानदिदै सहकार्यको माध्यमबाट जिल्लामा काम गर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।