५ आश्विन २०८१, शनिबार

बालकुमारी घटना राज्यको असफलताको परिणाम होः विवेक सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सीले ललितपुरको वालकुमारीमा भएको २ जना युवाको मृत्युको घटना राज्यको असफलताको परिणाम भएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोटको विशेष बैठकलाई सुक्रवार सम्बोधन गर्दै केन्द्रीय सदस्य विवेकले राज्यको असफलताका कारण दुखत घटना घटेको बताएका हुन ।

उनले घटनामा दैलेख र अछाम घर भएका युवाले रोजगारीको लागि विदेश जान खोज्दा गोली खानु परेको बताए ।
उनले नेपालमा बेरोगारी समस्या चुलिदै गएको र युवाहरु विदेशीने लहर बढेको त्यसैमा पनि विदेश जान नपाएर गोली खानु परेको घटना दलाल व्यवस्थाको असलफलता भएको दाबी गरे ।

नेता विवेकले नेपालमै युवाहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसंग माग गरे । बैठकले दुई महिने संगठन सुदृढ तथा विस्तार र राज्य षड्यन्त्रको भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा मध्यपूर्वी एशिया अन्तरगत मलेसियाका महासचिव तुफान सी र जिल्ला सल्लाकार समिति सयोजक सन्देश सीको आतिथ्यता रहेको थियो । बैठक पूर्वी जिल्ला सेक्रेटरी रमेश सीको अध्यक्षतामा वसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।