२४ बैशाख २०८१, सोमबार

समाजमा सभ्यताको विकाससंगै उत्पादक शक्तिको विकास भएको होः शेरबहादुर

0

काठमाडौं । जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा ’दर्शन’ ले समाजमा सभ्यताको विकाससंगै उत्पादक शक्तिको विकास हुने गरेको वताएका छन् ।

काठमाडौंमा दुई दिने मोबाईल पत्रकारिता तालिमको समापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।
उनले युरोप तथा बेलायतमा सत्रौं शताब्दीमा भएको वाष्प इन्जिनको आविष्कारले सामन्तबादको अन्त्य गरी पुँजीवादी व्यवस्था स्थापना भएको बताए ।

उनले भने “ अहिले सूचना प्रविधिको जुन ट्रेन छ, खास गरी समाजको विकास क्रममा उत्पादक शक्तिको विकास हुने गरेको छ । जतिबेला सामन्तबादी युग थियो त्यतिबेला युरोप अथवा बेलायतमा वाष्प इन्जिनको आविष्कारले समाजमा ठूलो खालको रिभ्यूलेसन ल्यायो र पुरानो युगको ठाउँमा पूँजीवादी युग ल्याइदियो ।अहिले पूँजीवादमा सूचना प्रविधि जसरी विकास भइरहेको छ त्यसलाई पूँजीवादकै बिरुद्ध प्रयोग गर्न सकिन्छ ।“

उनले पत्रकारिता क्षेत्रमा जोडिएका साथीहरूलाई योग्य,प्राविधिक दक्षता,कला, क्षमता, अनुभवलाई व्यवस्थित बनाउँदै देश र समाजका लागि प्रयोग गर्दै लैजानु पर्ने सुझाव दिए । उनले दक्षतासंग दृष्टिकोण जोड्न जरुरी भएको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।