५ आश्विन २०८१, शनिबार

उपत्यकामा संचालित मोबाइल पत्रकारिता तालिम सम्पन्न

0

काठमाडौं । जनपत्रकार संगठन नेपाल,उपत्यका प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको दुई दिने मोबाइल पत्रकारिता तालिम सुक्रवार सम्पन्न भएको छ ।

सूचना प्रविधिको प्रयोग, सञ्चारका पछिल्ला विकसित माध्यमहरु, सामाजिक सञ्जाल, समाज र जनताको पक्षमा सूचना सम्प्रेषण गर्ने उद्देस्य सहित विहिबारबाट सञ्चालन भएको तालिम सुक्रवार सम्पन्न भएको हो ।

दुई दिन सम्म सञ्चालन गरिएको तालिममा मोबाइल पत्रकारिता र फिचर लेखन सम्बन्धीका विभिन्न कक्षाहरु सञ्चालन गरिएको छ ।

तालिममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका प्रदेश समिति संयोजक शोभराज बरालले आधारभूत पत्रकारिता, पत्रकार आचार संहिता र भिडियो इडिटिङ सम्बन्धी कक्षामा ज्ञान दिएका छन ।

अनलाइन टेलिभिजन पत्रकार संघ नेपालका अध्यक्ष जीवन भण्डारीले डिजिटल मिडियाको अवस्था,प्रयोग र नियमनको विषयमा ज्ञान दिएका छन ।

त्यस्तै प्रेस सेन्टरका सचिव केशव भुलले फिचर लेखन सम्बन्धी कक्षा लिएका थिए भने अनलाइन टेलिभिजन पत्रकार संघ नेपालका महासचिव पवन फुइयालले मोबाइल पत्रकारिताको कक्षा लिएका थिए ।

तालिमको समापन कार्यक्रममा सहभागीहरुले अनुभूति राख्दै कार्यक्रम नयाँ विषयवस्तु सहित उत्साहजनक भएको र यसले थप उर्जा पैदा भएको बताएका छन ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर बिश्वकर्माले तालिममा सहभागीहरुलाई धन्यवाद दिएका छन ।

शोभराज बराललको अध्यक्षता सम्पन्न भएको समापन कार्यक्रमको संचालन संगठनका केन्द्रीय सचिवालय सदस्य साहस भट्टले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।