८ पुष २०८१, सोमबार

अखिल (क्रान्तिकारी) उत्तर र दक्षिण बाँके जिल्लाकोे २७ औं जिल्ला सम्मेलन सम्पन्न

0

बाँके । अखिल (क्रान्तिकारी) उत्तर र दक्षिण बाँके जिल्लाको २७ औं जिल्ला सम्मेलन नेपालगंजमा सुक्रवार संयुक्त रुपमा सम्पन्न भएको छ ।

सम्मेलनले दक्षिण बाँक जिल्लामा सागर पौडेलको अध्यक्षतामा ३१ सदस्सीय र उत्तर बाँकेमा अशोक विकको अध्यक्षतामा १५ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।

दक्षिण बाँकेको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सुरेन्द्र सी, सचिवमा निर्मला सी, सह सचिव सुनिल सी र कोषाध्यक्षमा अन्जना सी निर्वाचित भएका छन ।

उत्तर बाँकेका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष दिपेन्द्र ऐडी,सचिव वर्षा काफ्ले,सहसचिव महेन्द्र ऐडी र कोषाध्यक्ष दिल्ली क्षेत्री निर्वाचित भएका छन ।

 

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका दक्षिण कर्णाली ब्यूरो इन्चार्ज संगम सीले दलाल पुँजीवादी व्यवस्थाका कारण शिक्षा क्षेत्रमा पनि दलाली चलेको बताए ।

उनले समाजवादी ब्यवस्था स्थापना विना नेपालमा बैज्ञानिक तथा व्यवहारिक र निशुल्क शिक्षा प्राप्त नहुने दाबी गरे ।
शिक्षा जस्तो संवेदनशील क्षेत्रमा निजीकरण र व्यापारिकरणले गर्दा सहज रुपमा निम्नवर्गका छोरा छोरीहरुले पढन पाउने बातावरण नभएको बताए ।

उनले शिक्षालाई राज्यको स्वामित्वमा राख्नुपर्ने र उच्च शिक्षा सम्म सबैलाई निशुल्क शिक्षा पाउने व्यवस्था गरिनुपर्ने तर्क गरे ।
व्यूरो इन्चार्ज संगमले शिक्षा वेरोजगार उत्पादन गर्ने र विदेश जाने शिक्षा आवश्यक नभएको पनि बताए । उनले सम्मेलनबाट नवनिर्वाचित टिमलाई वधाई तथा शुभकामना दिर्दै कार्यकाल सफलताको शुभकामना पनि दिए ।

सम्मेलनका विशिष्ट अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय निवर्तमान महासचिव ललित सीले नेपालमा परिवर्तनको आन्दोलनमा युवा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले फेरी नेपालमा दलाल संसदीय पुँजीवादी राज्यसत्ताको उत्पीडत अन्त्य नभएको भन्दै समाजवादी व्यवस्था र समाजवादी शिक्षा प्रणाली स्थापना गर्नको लागि विद्यार्थीहरुले संघर्ष गर्नुपर्ने बताए ।

सम्मेलनमा अन्य अतिथिहरुमा नेकपाका केन्द्रीय सदस्य तथा उत्तर बाँके इन्चार्ज रणदिप सी,दक्षिण बाँके इन्चार्ज समीर सी, नेकपाका केन्द्रीय सदस्य नारायण सी, नेकपा उत्तर बाँके सविच कल्पना सी र दक्षिण बाँके सचिव बाकर सी लगायत रहेका थिए । सम्मेलन सुरु हुनु अघि नेपालगंज बजारमा विद्यार्थीहरुको र्याली निकालिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।