५ आश्विन २०८१, शनिबार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मकवानपुरको बैठक सम्पन्न

0

हेटौंडा: अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । हेटौंडा-१ जरुवाटोल स्थित पार्टी कार्यलयमा बसेको बैठकले सानुकान्छा मोक्तानलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दक्षिण-पूर्व मकवानपुरका संयोजक तोकिएको छ ।

महासंघका केन्द्रिय अध्यक्ष काली बहादुर सीको प्रमुख आतिथ्यतामा बसेको बैठकले सानुकान्छा सीलाई दक्षिण-पूर्व मकवानपुरका संयोजक बनाउने निर्णय गरेको हो । साथै बैठकले राषट्रघाती एमसिसी प्रायोजनका लागि मिचिएको किसानको जग्गाजमिन फिर्ता गर्न/गराउन संघर्ष गर्ने निर्णय भएको छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) नारायणी व्युरो संयोजक तथा मकवानपुरका निवर्तमान जिल्ला संयोजक रामहरी सीको अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी दक्षिण-पूर्व मकवानपुरका जिल्ला सेक्रेटरी विवेक सीको विशेष आतिथ्यता र अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको आतिथ्यता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।