२४ बैशाख २०८१, सोमबार

नेकपाद्धारा बालकुमारी घटनाको सत्य तथ्य छानविन गरी दोषिलाई कार्वाही गर्न माग

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सुक्रवार दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको सत्य तथ्य छानविन गरी दोषिलाई कार्वाही गर्न माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सुक्रवार एक प्रेश विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कार्वाही गर्न र मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरेका हुन ।

नेकपाले घटनाका घाईतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसंग जोडदार माग गरेको छ ।

नेकपाले कोरिया जानकोलागि रोजगारी अनुमति प्रणाली ईपिएस परीक्षाको विषयलाई लिएर ललितपुर जिल्लाको बालकुमारीमा भएको युवाहरुको विरोध प्रदर्शन र सरकारी हस्तक्षेपका कारण दुई युवा सुरज रावत र विरेन्द्र शाहको मृत्यु भएको घटनाप्रति आफ्नो पार्टीको गम्भिर रुपमा ध्यानआक्रशित भएको विज्ञप्तिमा जनाएको छ ।

नेकपाले बालकुमारी घटनाको घोर निन्दा गरेको छ । विज्ञप्तिमा मृतक युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै नेकपाले शोकमग्न आफन्तजनप्रति हार्दिक समवेदना ब्यक्त गरेको छ भने घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नेकपाले जारी गरेको विज्ञप्तिमा भनेको छ ‘बेरोजगार युवाहरुको कष्टपूर्ण जीवन, रोजगारीको निम्ति विदेशिन ताँती लाग्नुपर्ने देशको वाध्यात्मक अवस्था र रोजगारी अनुमति प्रणालीको परीक्षा दिन नपाएको आक्रोशमा आन्दोलित युवाहरुको संवेदनशिल विषयलाई जिम्मेवार पूर्णरुपमा लिएर समाधान खोज्नुको सट्टा राज्यले जुन दमन गर्यो र दुईजना युवाको ज्यान गयो । यो दुखत र गैर जिम्मेवार कार्य हो ।’

नेकपाले विरोध र आन्दोलनका क्रममा अराजक मान्छेहरुको प्रवेश गराई आगजनी गर्ने र अराजकता मच्चाउने षडयन्त्रप्रति आन्दोलनकारी र राजनीतिक पार्टीलाई सचेत रहन विशेष आग्रह गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।