६ जेष्ठ २०८१, आईतवार

नेकपा काठमाडौं जिल्ला नम्बर १ काे बैठक सम्पन्न, अभियान चलाउने निर्णय

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला नम्बर एककाे विशेष बैठक सम्पन्न भएकाे छ । शनिबार नेकपा पाेलिट ब्युराे सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीकाे प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी दिपक सीकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे हाे ।
बैठकले जनसंगठन सुदृढ तथा जनसम्बन्ध विस्तार अभियान चलाउने निर्णय गरेको छ । केन्द्रीय समितिकाे विशेष बैठकले गरेकाे निर्णय अनुसार अभियान चलाउने निर्णय गरेकाे अभियानकी कमाण्डर भृकुटी सीले जानकारी दिइन् ।
पार्टीकाे उपत्यका ब्युरोले अभियान उद्घाटन गर्दै जिल्ला इन्चार्जलाई कमाण्डर ताेकेकाे थियाे । भृकुटी काठमाडौं जिल्ला नम्बर एककाे इन्चार्ज हुन् ।
बैठकमा प्रशिक्षण मन्तव्य राख्दै कृति सीले नेकपाका नेतामाथि प्रकाउ पुर्जी जारी हुनु साम्राज्यवादीको षडयन्त्र भएकाे बताए । उनले जनसंगठन सुदृढ तथा जनसम्बन्ध विस्तार अभियान सफल बनाएर साम्राज्यवादलाई जवाफ दिन सम्पूर्ण जिल्ला सदस्यहरूलाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।