६ जेष्ठ २०८१, आईतवार

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय कार्यलयको विस्तारित बैठक सम्पन्न

0

काठमाडौं– अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय कार्यलयको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीको नवौं केन्द्रीय समितको विशेष बैठकका योजना सम्प्रेषण तथा कार्यन्वयनमा महासंघले खेल्नु पर्ने भूमिका लगायतका बारेमा छलफल भएको छ ।

बैठकले पार्टीले संचालन गर्ने संगठन सुदृढ तथा विस्तार अभियान संञ्चालान गर्ने निर्णय पनि गरेको छ । अघिल्लो बैठकले गरेका निर्णय अनुसार नै संगठनका सम्पूर्ण पदाधिकारी सम्मिलित अभियानमा जुट्ने निर्णय गरेको छ ।

१६ गते काठमाडौं उपत्यकाबाट शुरु हुने सामना परिवारको अभियानमा महासङ्घका सबै सदस्यहरु जुट्ने र उपत्यका व्यरो पार्टीसँग जोडिएर अभियानमा सहभागी हुने निर्णय भएको महासघङ्का महासचिव कुशल सीले जानकारी दिए । साथै पार्टीेले सञ्चालन गरेका सम्पूर्ण संघर्षका कार्यक्रममा महासङ्घ सहभागी हुने निर्णय पनि गरेको छ ।

शनिबार काठमाडौंको कपुरधारमा सम्पन्न बैठकमा संगठनका अध्यक्ष तथा पार्टी पाेलिट ब्युरो सदस्य माइला सीको अध्यक्षता रहेकाे थियो । बैठकमा पदाधिकारी तथा कार्यलयका सदस्यहरुलेे प्रस्तुत प्रस्ताव सुझाव र कार्यक्षेत्रको रिपोर्टिङ गर्ने काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।