२४ बैशाख २०८१, सोमबार

राजनीतिक र बैचारिक जगमा पार्टी निमार्ण गर्ने निर्णय गर्दै नेकपा चितवनको बैठक सम्पन्न

0

चितवन । राजनीतिक र बैचारिक जगमा जुझारु र अनुशासित पार्टी निमार्ण तथा रुपान्तरण अभियान प्रारम्भ गर्ने निर्णय गर्दै जिल्ला समिति मध्य चितवनको बैठक सम्पन्न भएको छ ।

सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाकक्षमा शनिबार सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा सञ्चार र प्रकाशन विभागका इन्चार्ज अनिल सीले प्रशिक्षण दिएका थिए ।

बैठकका अतिथिहरु पश्चिम नारायणी ब्यूरो इन्चार्ज एटम सी र जिल्ला इन्चार्ज रुद्र सीले प्रशिक्षण दिएका थिए ।

जिल्ला सचिव भरत सीको अध्यक्षतामा भएको बैठकमा जिल्ला सल्लाहकार निरा सी,युवा नेता विवेक सी,शिक्षक नेता राजेन्द्र सी,महानगर इन्चार्ज शिशिर सी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।