२४ बैशाख २०८१, सोमबार

तीन बुँदे सहमति कार्यान्वयन गरी समाजवाद तिर जानुपर्छः विराट सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गरी देशलाई समाजवादको यात्रातिर लिनुपर्ने बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी सहिद स्मृति गाउँपालिकाको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता विराटले तीन बुँदे सहमति कार्यान्वयन गरी समाजवादी यात्रामा जानु आवश्यक भएको बताएका हुन ।

उनले ओली नेतृत्वको सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा न्यायालयले फेरि तीन बुँदेलाई उल्टाउन खोज्नु दलाल तथा साम्राज्यवादी षड्यन्त्र भएको बताए ।

नेता विराटले नेपाली बिशेषताको समाजबादका लागि गठित समाजवादी मोर्चालाई विफल बनाउन र नेपालमा प्रतिक्रान्तिकारी तथा प्रतिगामी कदम चाल्न नेकपाका नेतामाथिको पक्राउ पूर्जी जारी गरिएको आरोप लगाए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले पार्टीले ल्याएको दुई महिने पार्टी संगठनलाई सुदृढ गरौ,राज्य षड्यन्त्रको भण्डाफोर गरौ भन्ने नामक अभियान जिल्लामा सक्रियतापूर्वक लागु गर्न निर्देशन दिए । उनले अभियानमा जनतासंगको सम्वन्ध प्रगाड बनाउन र जनताको समस्यासंग जोडिन जरुरी रहेको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पश्चिम कालिकोट सेक्रेटरी साहासी सी,जिल्ला सचिवालय सदस्य धरातल सी, राधिका सी,गाँउ कमिटी इन्चार्ज अर्जुन सी,सचिवालय सदस्य तथा रास्कोट नगर कमिटी सचिव निर्देशन सी, जिल्ला सल्लाहकार समितिका सदस्य निर्मल सी लगायतको उपस्थिति रहेको थियो ।

बैठकले पार्टी संगठनलाई सुदृढ गरौ,राज्य षड्यन्त्रको भण्डाफोर गरौ भन्ने नारा सहित दुई महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठक तथा प्रशिक्षण कार्यक्रमको अध्यक्षता र संचालन गाउँ कमिटी सचिव पृथ्वी सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।