२४ बैशाख २०८१, सोमबार

संगठनलाई सुदृढ र विस्तार गर्ने निर्णय गर्दै नेकपा पश्चिम बर्दियाको बैठक सम्पन्न

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी पश्चिम बर्दिया जिल्लाको विशेष बैठक पार्टी संगठनलाई सुदृढ र विस्तार गर्ने निर्णय गर्दै शनिबार सम्पन्न भएको छ ।

बैठकले पार्टी संगठनलाई सुदृढ र विस्तार गर्दै राज्य षड्यन्त्रको भण्डाफोर गर्ने र दुई महिने अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।
बैठकलाई नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हिमशिखरले सम्बोधन गर्दै पार्टी संगठनलाई सुदृढ तथा व्यवस्थित गर्न आग्रह गरे ।
उनले नेपालको राजनीतिक अवस्था संकटतिर गएको बताउदै अहिलेको संकटको एकमात्र निकास नेपाली विशेषताको समाजवाद भएको जिकिर गरे ।

उनले समाजवादी मोर्चालाई भत्काउन साम्राज्यवादीहरु विभिन्न षड्यन्त्र र डिजाईनमा आएको तर्फ चर्चा गर्दै ती षड्यन्त्र र डिजाईनहरु जनतासम्म भण्डाफोर गर्न आवश्यक भएको बताए । बैठकको अध्यक्षता पश्चिम बर्दिया जिल्ला सेक्रेटरी राम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।