३ जेष्ठ २०८१, बिहीबार

सहिद मित्रमणी आचार्य पार्क निर्माण गर्ने लगायतका निर्णय नेकपा पश्चिम चितवनको बैठक सम्पन्न

0

 

नेपाल कम्युनिष्ट पार्टी पश्चिम चितवन जिल्ला समितिको दोस्रो पूर्ण  बैठक सम्पन्न भएको छ ।

“जनसेवा, सुदृढ संगठन र क्रान्तिकारी ध्रुवीकरणमा जोड दिऔँ, २ महिने केन्द्रिय योजना दृढतापूर्वक कार्यन्वयन गरौँ ।” भन्ने मूल मर्मको साथ सम्पन्न बैठकले विभिन्न बहुआयामिक विषयहरुमा निर्णय गरेको छ ।

बैठकले पार्टी संगठनलाई सुदृढ र विस्तार गर्दै राज्य षड्यन्त्रको भण्डाफोर गर्ने र दुई महिने अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य अनिल सी थिए ।

नेकपा पश्चिम जिल्ला समितिका सेक्रेटरी अटल सीको अध्यक्षतामा बसेको बैठकमा पोलिट ब्युरो सदस्य तथा पश्चिम नारायणी ब्यूरो इन्चार्ज एटम सी, पोलिट ब्युरो सदस्य तथा केन्द्रिय उत्पादन शाखा माडीका प्रमुख सन्देश सी, नेकपा पश्चिम् जिल्ला इन्चार्ज दिनेश सी र केन्द्रिय उत्पादन शाखा माडी शाखा सेक्रेटरी क्रान्ति सी अतिथि रहेका थिए ।

१ घण्टा श्रम गरेर बैठकको सुरुवात गरेको जिल्लाले अन्तर्राष्ट्रिय गीत गाएर बैठकको उद्घाटन गरिएको थियो ।

बैठकमा सम्बाेधन गर्दै स्थायी समिति सदस्य अनिल सीले जनयुद्ध दिवसको बिदालाई अदालतले बदर गरेको निर्णयले पुरानो बनावटी सत्ता कम्युनिस्टहरुले संचालन गर्न नसक्ने माक्र्सको कुरा अझै सान्दर्भिक रहेको बताए ।


बैठकले नेकपाका महासचिव, प्रवक्ता लगायतका नेतृत्वहरुमाथि जारी गरिएको पक्राउ पुर्जीको घोर भर्त्सना गर्दै उक्त पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दै MCC लगायताका सबै राष्ट्रघाती सम्झौताहरु खारेज गर्न पनि माग गरेको छ ।
त्यस्तै बैंकको ब्याज न्युनतम १ अङ्कमा ल्याउन , लघुवित्तलाई नियमन र मिटरव्याजीलाई कारबाही  गर्न जोडदार माग गरेको छ ।

अहिलेको वर्तमान राजनीतिक परिस्थिति र यसको निकासबारे भरतपुर र माडीका सबै वडाहरुमा मजदुर किसान, सुकुम्बासी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी र सबै राजनीतिक पार्टीहरुसङ्ग अन्तरक्रिया गर्ने र चितवन राष्ट्रिय निकुञ्ज भित्रको माडी-जगतपुर सडकखण्डलाई पक्की बाटो निर्माणको लागि पहल अगाडि बढाउने निर्णय भएको समेत सेक्रेटरी अटल सीले बताए ।

नमुना कार्य अन्तरगत विद्यार्थी तथा बाम आन्दोलनमा क.सहिद मित्रमणी आचार्यले खेल्नुनुभएको भुमिकाको उच्च सम्मान गर्दै मुर्तीसहितको बहुउद्देश्यीय मित्रमणी पार्क निर्माण गर्ने र माडीमा एउटा समाज भवन निर्माण गर्ने निर्णय गरिएको छ भने संघर्ष अन्तर्गत पश्चिम चितवन र माडीमा क्रमशः बढ्दै गएको कृषि उत्पादनलाई मध्यनजर गरि विदेशबाट आयातित अवैध तरकारी तथा खाद्यान्न रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने, सुकुम्बासीलाई लालपुर्जा दिने कार्य र भुमिहिनहरुलाई जमिन उपलब्ध गराउन राज्यसङ्ग जोडदार माग गर्ने निर्णय गरेको छ भने उत्पादनमा “एकीकृत जनक्रान्तिको मौलिकता ,उत्पादन र वितरणमा अनिवार्य सहभागिता” भन्ने नाराका साथ  सम्पूर्ण जिल्ला सदस्यहरुलाई सहभागी गराउने निर्णय गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।