३ जेष्ठ २०८१, बिहीबार

समाजवादी मोर्चा नेपाल घोराही उपमहानगर समितिको घोषणा

0

दाङ । चार दलिय समाजवादी मोर्चा नेपालको घोराही उपमहानगर समितिको आईतबार घोषणा भएको छ ।

खिम बहादुर चौधरी (अटल) को संयोजकत्वमा १२ सदस्सीय समाजवादी मोर्चा नेपाल घोराही उपमहानगर समितिको घोषणा भएको हो ।

समाजवादी मोर्चा उपमहानगर समितिले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरुमाथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी खारेज गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै मोर्चाले जनयुद्धको राष्ट्रिय दिवस खारेज गर्ने अदालतको निर्णय खारेज गरि,जनयुद्ध लाई राष्ट्रिय दिवस कायम गर्न फेरि पलकदमी लिन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

मोर्चाको घोषणा सभा कार्यक्रममा सहभागी मोर्चा सम्वद्ध चार दलका नेताहरुले नेपालमा अहिलेको संकटको निकास नेपाली विशषताको समाजवाद मात्र भएको बताएका थिए । नेकपाको तर्फबाट राप्ती ब्यूरो इन्चार्ज सविन सीको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।