१५ मंसिर २०८१, शनिबार

बालकुमारी हत्याकाण्ड, पक्राउ पुर्जी र सर्वोच्च अदालतको नियत

0

            अनिल सी

 

पुस १३ गते ललितपुर जिल्लाको बालकुमारीमा बेरोजगार युवा र प्रहरीको झडपमा २ जना निर्दोष युवाको ज्यान गएको छ । बहालवाला मन्त्रीको सवारी साधनमा आगजनी भएको छ । उक्त घटनाले सरकारको कार्यशैली, युवाहरूको आक्रोशको स्तर मापन नै गरेको छ । जङ्गल सुकेको छ र सानो झिल्को त्यसमा प¥यो भने सारा जङ्‌गल खरानी बन्न सक्छ भन्ने कुरा त्यसले संकेत गरेको छ । चीनको ४ मई विद्रोह, नेपालको २०३५/०३६ को विद्रोह, २०४६ सालको जनआन्दोलन त्यस प्रकारका विद्रोह थिए । देशमा आक्रोश, निराशा, पीडा, चिन्ता, विद्रोही मानसिकता, छटपटी चरम अवस्थामा पुगेको छ । त्यो समवेत स्वर डरलाग्दो कोलाज बनेर प्रतिध्वनित भइरहेको छ । त्यो कुनैपनि समय, कुनैपनि बिन्दुबाट ज्वालामुखी जसरी बिस्फोट, हुनसक्छ । धर्तीको सयौं किलोमिटरमित्र भैरहेको उथलपुथल बुझ्न नसक्ने व्यक्ति भूगर्भविद् हुँदैन । सतहका दृश्य त जसले पनि देख्दछ । त्यसैगरी राजनीतिको भित्री तहमा भयानक, त्रासदीमय कोलाज प्रतिध्वनि त भइरहेको छ । र त्यो कुनै पनि बेला बिस्फोट हुनसक्ने कुरा पुष १३ गतेको घटनाले जनाउ दिएको छ।

यो सङ्‌कट कम्युनिस्ट र समाजवादको सङ्‌कट नभएर दलाल पुँजीवादको सङ्‌कट हो । व्यवस्थाको असफलतालाई गगन थापा, रवि, सिकेजस्ता अमेरिकी मतियारलाई ल्याएर समाधान हुँदैन । देशको नागरिकता नै परित्याग गरेर हिडेको मात्रृघाती, देशद्रोही कुनै कपूतले देश बनाउला भनेर आशा गर्न आफैमा मूर्खतापूर्ण कार्य हो । गगन थापाको चरित्र उनको नुवाकोटको बाख्रा फारम र चितवनको माछा पालनमा व्यक्त भएको छ । मन्त्री हुँदा व्यवसाय गर्ने भनेर लिएको सरकारी अनुदान ठगेर बस्ने व्यक्तिले देश बनाउँछ त ? गगनको विकास पोका १ वर्ष नाघिसक्दा अर्थात एमसीसी के गर्दछ ? सबैलाई थाहै छ । सिके राउत त नाङ्गो देशद्रोही मान्छे हुन् । अर्कोतिर छन् देशभक्त भन्ने मूर्तिचौरका खलक ! कलाकार प्रविन गुरुका हत्याराहरू ! जसले भाजपाको नुन खाएर धमिलो पानीमा माछा मार्न खोज्दछन् । यी विदेशी दलालहरू पृथ्वीनारायण शाहको गीत गाउँछन् । पृथ्वीनारायण शाहले जीवनभरी ब्रिटिश साम्राज्यवादको विरुद्ध लडेका थिए । आफुलाई देशभक्त भन्ने भाइमारा मनुवाहरू, अमेरिकाको चाकरी गर्छन् र एमसीसीको स्वागत गर्छन् । यिनीहरुलाई अमेरिकीहरुको अपनवायू पनि वास्नादार लाग्छ । यथार्थ के हो भने एमसीसीको विरोध नगर्नेहरू देशभक्त पनि हुँदैनन् ।
देशमा अहिले देशभक्त र कम्युनिस्ट धारलाई कमजोर पार्ने खेलमा दलाल पूँजीवाद जोडतोडले लागेको छ । त्यसले भीम रावललाई कुनामा धकेल्छ, झलनाथलाई चुनाव हराउँछ, मिनबहादुर गुरुङलाई जेल हाल्छ र लिलामणी पौडेललाई मुद्दा लगाउँछ । यो देशको अर्थतन्त्र चौपट पार्ने नेपाल र भारत दुवै देशको नागरिकता लिएको मारवाडी हो की गुरुङ । जनयुद्धमा पनि एउटा मारवाडीको रौं झरेन । त्यो दलाल पुँजीपति समुदाय आज पनि हालिमुहाली गर्दैछ ।

विदेशी मुद्रा लुकाउने, सुन थुपार्ने, नेताहरू किन्ने, भारतको इसारामा चल्ने, अर्थतन्त्र नियन्त्रण गर्ने त्यो देशद्रोही वर्गले आर्थिक संकट प्रायोजन गरेको छ । यही कृत्रिमा जमिन (प्रोक्सी ग्राउण्ड) मा अमेरिका र भाजपा, नाच्दैछन् ।

पछिल्लो समय नेकपा र त्यो पार्टीको नेतृत्वप्रति जनआकर्षण बढ्दो छ । रवि र सिके राउत स्थिर छन् भने अरु खुइलिदै छन् । काँग्रेस, एमाले र माओवादी अवसर पाएर परीक्षामा अनुतिर्ण भएका (टेस्टेड) पार्टी र नेता हुन् । उनीहरू पटक–पटकको मौका परीक्षामा पनि अनुतिर्ण भइसकेका छन् । ओली सरकारसँगको ३ बुँदे सहमति हुँदै समाजवादी मोर्चासम्म पुग्दा नेकपा संसदवादमा आउला कि भनेर झिनो आशा गरेका थिए होलान् । तर त्यो आशा निराशामा बदलिएपछि ‘सरकारमा रहेका पार्टीसँग मिलेर सत्ता विरुद्ध लड्न पाइन्न’ भन्ने निष्कर्षमा दलाल पूँजीवाद पुगेको छ । त्यही रणनीति अनुसार काठमाडौँ जिल्ला अदालतको न्यायधीश नामधारी बुख्याँचामार्फत विप्लवलगायत नेताहरुमाथि पक्राउ पूर्जी जारी गरिएको छ । जसले जनतामा भय सृजना गरेर जनलहर मत्थर पार्ने र समाजवादी मोर्चामित्र अविश्वास पैदा गर्ने, जनएकता कमजोर पार्ने, माओवादी धारलाई नजिकिन नदिने षड्‌यन्त्र गर्दछ । तर कथित पक्राउ पुर्जीले नेकपा झन् रातो, वसन्तको बाली गुराँस जस्तै रातो देखिएको छ ।

बालकुमारी क्याकाण्ड भएकै दिन सर्वोच्च अदालतले पुष १२ गते जनयुद्ध दिवसको दिन विदा दिने सरकारको निर्णय बदर गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले २०७९ माघ २९ गते जनयुद्ध प्रारम्भ भएको दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय २०७९ चैत २ गते राजपत्रमा प्रकाशित भएको थियो । जनयुद्धको बलमा आएको संघीय लोकतन्त्र स्वयं न्यायिक निकायले भोगचलन गरिरहेको छ । जनयुद्धले ल्याएको गणतन्त्रमा पुँजीवादी नेताहरू राष्ट्रपति र मन्त्री भएका छन् । तर जनयुद्धमाथि आक्रमण भइरहेको छ । राजतन्त्र र जनतन्त्रको बिचमा गृहयुद्ध भयो । तर गृहयुद्ध (२०५२–२०६४) मा संलग्न दुई शक्ति किनारमा छन् र विदेशी शक्तिको आड र दबावमा दलाल पूँजीवाद सत्तारूढ भएको छ । प्रचण्ड त्यही दलाल सत्ताको कारिन्दा भएका छन् । कारिन्दाले हाकिमको आदेश अनुसार लेख्नुपर्छ । गोठालाले मालिकको आदेश र इसारा अनुसार चल्नुपर्छ । गोठालोले चुरीफुरी ग¥यो भने निकालावास हुनुपर्छ । अमलेख भएर अमलेखगञ्जवासी हुनुपर्छ । त्यसैले त ‘पेरिस कम्यून’ कृतिमा कार्ल माक्र्सले ‘पुरानो बनिबनाउ सत्ता सर्वहारा वर्गले आफ्नो हितमा जस्ताको तस्तै प्रयोग गर्न सक्दैन’ भन्नुभएको थियो । जनयुद्ध दिवस वा विदा बदर हुनुले नेपालमा संशोधनवाद गलत सावित भएको छ र मार्क्सवादको सत्यता पुन:पुष्टि भएको छ । यी सबैसबै घटना र प्रवृत्तिले समाजवादी क्रान्तिको आवश्यकता र औचित्यलाई नै पुष्टि गरेको छ ।

२०८०/०९/१५  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।