६ बैशाख २०८१, बिहीबार

कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चा बनाउने ४ कम्युनिस्ट पार्टीको प्रतिबद्धता

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी, नेपालको केन्द्रीय कार्यालय थापागाउँमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘सुशिल’ ले संंयुक्त विज्ञप्ति जारी गरि
दलाल पुँजीवादी राज्य व्यवस्थाले राष्ट्रिय स्वाधिनता, जनअधिकार र जर्नाजवीकाको क्षेत्रमा चरम संकट पैदा गरेको वर्तमान वस्तुगत अवस्थाको आवश्यकता, जनताको चाहना, आगामी जनसंघर्षको आवश्यकता र हामी चार पार्टीको दायित्वलाई दृष्टिगत गर्दै आगामी दिनमा कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्न प्रतिबद्ध भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिको पूरा पाठ-
आज मिति २०७९ साउन ८ गते वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी, नेपालको केन्द्रीय कार्यालय थापागाउँमा हामी चार कम्युनिष्ट पार्टीको बैठक बस्यो । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. नेपालको कम्युनिष्ट क्रान्तिकारी आन्दोलनमा विगतवेखि कार्यगत एकता गर्दै आएका हामी चार कम्युनिष्ट पार्टीहरु दलाल पुँजीवादी राज्य व्यवस्थाले राष्ट्रिय स्वाधिनता, जनअधिकार र जर्नाजवीकाको क्षेत्रमा चरम संकट पैदा गरेको वर्तमान वस्तुगत अवस्थाको आवश्यकता, जनताको चाहना, आगामी जनसंघर्षको आवश्यकता र हामी चार पार्टीको दायित्वलाई दृष्टीगत गर्दै आगामी दिनमा कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्न प्रतिवद्ध छौँ ।
२. हामी चार पार्टीको आज वसेको बैठकले आगामी जनसघर्षको कार्यक्रम सम्बन्धी बिभिन्न निर्णयहरु गरेको छ । जुन श्रावण १० गतेको पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ ।
३. हामी चार पार्टी संयुक्त संघर्षको यस प्रक्रियामा सामेल हुन कर्म्यानिष्ट क्रान्तिकारीहरु, वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादीहरुलाई विशेष अपिल गर्दछौँ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।