६ जेष्ठ २०८१, आईतवार

माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष सहित आधा दर्जन यूवाहरु नेकपामा प्रवेश

0

प्यूठान । नेकपा (माओवादी केन्द्र) माण्डवी गाँउपालिका वडा नं.१ तिरामका वडा कमिटी अध्यक्ष सहित आधा दर्जन यूवाहरु नेकपामा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी पश्चिम प्यूठान अन्तरगत माण्डवी गाउँपालिका वडा नं.१ तिरामद्धारा आईतबार आयोजित एक कार्यक्रमका बिच वडा नं.१ का वडा कमिटी अध्यक्ष केशब अधिकारीको नेतृत्वमा आधा दर्जन यूवाहरु नेकपामा प्रवेश गरेका हुन ।

नेपाल कम्युनिष्ट पार्टीद्धारा “पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षडयन्त्रको भण्डाफोर गरौं” भन्ने मुल नाराका साथ संचालित २ महिने अभियानको क्रममा माओवादी केन्द्रका यूवा नेताहरु नेकपामा ध्रुवीकृत भएका हुन् ।

वडा कमिटी अध्यक्ष केशब अधिकारी सहित वाईसिएलका वडा संयोजक प्रकाश के.सी., स्थानीय युवा नेता नारायण के.सी., विनोद के.सी.र महिला नेतृ सिता अधिकारी लगायत रहेका छन् ।

ध्रुवीकरणमा समाहित युवाहरुलाई खादा र टिका लगाउँदै नेकपाका केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज जागृति सीले उनीहरुलाई स्वागत गरेका थिए ।

युवा नेताहरुलाई पार्टीमा स्वागत गर्दै नेता जागृति सीले देश यतिबेला इतिहासकै सर्वाधिक संकटमा परेको स्थितिमा राष्ट्रिय स्वाधीनता,जनजीविका, र अग्रगामी परिवर्तन सहितको दिगो शान्ति स्थापनाको निम्ति सम्झौताहिन संघर्ष गर्ने पार्टी नेकपा मात्रै रहेको दावी गरे ।

उनले कथित पक्राउ पूर्जी, राष्ट्रघाती एमसीसी सम्झौता, दिन प्रतिदिन बढ्दै गइरहेको लघुवित्तको मनपरी, मिटर ब्याजेहरुको अवैध धन्दा र स्थानीय तहको बेथितिका विरुद्ध जनतालाई साथमा लिई शसक्त संघर्ष गर्ने बताए ।

उनले जनगुनासोको आधारमा जनकार्वाही गर्ने पनि चेतावनी दिए । काठमाण्डौ जिल्ला अदालतद्धारा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको विषयमा जनता भण्डाफोर गर्दै जाने पनि बताए ।

उनले देशमा अग्रगामी परिवर्तन सहितको शान्ति, स्वाधीनता र समृद्धि देख्न नचाहने साम्राज्यवादको षडयन्त्रमा पक्राउ पूर्जी जारी गरिएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।