२८ बैशाख २०८१, शुक्रबार

झापामा बिचौलियाले हत्याएको जग्गा नेकपाको नियन्त्रणमा

0

झापा: झापाको मेचीनगर नगरपालिका ९ नम्बर वडा धुलाबारीस्थित अन्जु भण्डारीको नाममा रहेको जग्गा माफियाहरुले विभिन्न सेटिङ्ग हत्याएपछि आज नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लिएको छ । पार्टीका नेताहरुकै उपस्थितिमा सो जग्गा नियन्त्रणमा लिइएको बताइएको छ । पार्टीका पुर्वी झापा सचिव हुकुम सीले पीडितलाई न्यायको वातावरण नबनाई अगाडि बढ्न खोजे परिस्थिति बिग्रने चेतावनी समेत दिएका छन् । यो अत्याचारको पराकाष्ठा भएको बताउँदै नेकपा पुर्वी झापाले माफियागिरी मान्य नहुने बताएको छ ।

घट्ना यस्तो छ –

आफ्नो धितो बैंकमा राखेर अर्कै व्यक्तीले ऋण लिएर नतिरेपछि बैंकको लिलामीपछि अर्कैले जमिन सकारेको घटना सुन्दा कसको मन स्थिर रहला ?

त्यस्तै घटना झापा मेचीनगर-९ की देबी (अन्जु खनाल)भण्डारीले भोग्नु परेको छ । आफू बिरामी हुँदा दृष्टिबन्धक राखेर स्थानीय सन्तोष खड्कासँग पाँच लाख रकम लिएकी थिइन् । 

२ बर्षपछी फर्काउने सर्तमा २०७१ साल बैशाख ४ गते खड्कासँग ऋण लिएकी थिइन् । भाका नाघ्नै लाग्दा मैले धितो फुकुवा गर्न पटकपटक आग्रह गरेकी थिएँ, `खड्काले साथीको नाउँमा धितो पास गरेको छ बिस्तारै फुकुवा गरिदिन्छ भन्यो । फिर्ता गर्छ-गर्ला भनेर पर्खें,अहिले अन्योलमा परें, पीडित भएको छु ।

भण्डारीले रकम लिँदा दृष्टिबन्धक कागज गर्नुपर्नेमा  काठमाडौँ-१४ का सुजन श्रेष्ठले राजीनामा पासको पेपर बनाएर कृर्ते पास लिएको भण्डारीको आरोप छ । श्रेष्ठले जमिन आफ्नो नाउँमा आउनेबित्तिकै बैंकमा राखेर ७० लाख ऋण लिएको रहस्य खुलेको छ  । 

इडिभि परेर श्रेष्ठ अमेरिका पुगेपछि हाल उक्त जमिन शंकर बस्नेतको नाउँमा आएकोले उक्त जमिन फिर्ता दिलाइदिन आग्रह गरेको हुँ, `म बिर्तामोडको मनमोहन अस्पतालको बेडमा रहेका बेला स्थानीय छिमेकी सन्तोष खड्काले बैंकमा राखेर निकालिदिने वचन दिएपछि मैले सोहीबेला सहिछाप गरेकी थिएँ । 

श्रीमान पुर्णप्रसाद भण्डारीको नामको कित्ता न.१३३३ को १ बिगाह ५ कठ्ठा जमिन उनकै नाउँमा ल्याएर ग्लोबल आइएमइ बैंकमा श्रेष्ठले राखेर अन्याय गरेको आइतबार पत्रकारसँग जानकारी दिइन् । श्रेष्ठले लिएको ऋणको साहुँ-ब्याज नतिरेपछि बैंकले मिलेमतोमा लिलामको प्रक्रियाका लागि सूचना निकालेर बैंकको ऋण र उक्त जमिनसमेत सकारिसकेको खबरले थप पीडित बनाएको भण्डारीको भनाई छ ।

बैंकले लिलामको सूचना निकालेपछि बैंककै मिलेमतोमा मेचीनगर-१० का शंकर बस्नेतले मेरो जमिन सकारिसकेकाले आफू पीडित भएको र न्याय दिलाइदिन न्यायप्रेमी एबम् सरोकारवलाहरुलाई आग्रह गरेकी हुँ उनले भनिन् ।´

यसैबीच नेकपा कम्युनिस्ट पार्टीले मञ्जु भण्डारीको न्यायोचित माग पूरा नभएसम्मका लागि उक्त जमिनको कारोबार नगर्न  भन्दै झण्डासहित ब्यानर राखेको छ । पार्टीका जिल्ला अध्यक्ष प्रशान्त सीले देबी (अन्जु खनाल) भण्डारीको मागलाई सम्बोधन गर्दै जमिन फिर्ता दिनसमेत सम्बन्धित व्यक्तिलाई आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।