१५ बैशाख २०८१, शनिबार

श्रमिक मोर्चा नेपालद्वारा भूकम्प पीडित अस्थायी आवास निमार्ण गरी हस्तान्तरण

0

जाजरकोट । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीको नेतृत्वमा रहेको भूकम्प पीडित सहयोग अभियान टिमले जाजरकोटमा अस्थायी आवास निर्माण गरी भूकम्प पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।

भूकम्प पीडित सहयोग अभियान टिमले आईतबार एक विशेष हस्तान्तरण कार्यक्रमको आयोजना गरी निमार्ण गरिएका अस्थायी आवासहरु भूकम्प पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

अभियान टिमले भेरी नगरपालिका –४ की सुत्केरी सुनमाया–रामचन्द्र परियारको अस्थायी आवास निर्माण, भेरी नगरपालिका– ३ गैरीखालीकी एकल महिला सुरिता शाक्यको अस्थायी आवास निर्माण, भेरी नगरपालिका –३ उपल्लो थाप्लेका भूमिलाल शाहीको अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ । यस्तै भेरी नगरपालिका –४ काजीबाडाका रण बहादुर कार्कीको घरमा उद्धार गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी, मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं सेती–महाकाली इन्चार्ज मधुसूदन सी, मोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र सी, दक्षिण कर्णाली ब्यूरो अन्तर्गत जाजरकोट जिल्लाबाट मोर्चा प्रतिनिधिहरु अनिल सी र राजाराम सी सहभागी अभियान टिमले अस्थायी आवास निमार्ण गरी भूकम्प पीडितलाई आईतबार हस्तान्तरण गरेको हो ।

अस्थायी आवास निर्माण कार्यमा जाजरकोट जिल्ला पार्टीबाट जिल्ला इन्चार्ज बिराजन सी, जिल्ला सचीव धन्जित सी, भेरी नगर सेक्रेटरी खडक सी, जिल्ला प्रतिनिधिहरु नरेश सी, प्रखर सी, बिरेन्द्र सी, डोल्पा जिल्ला पार्टी सचिव गौचन सी र नेकपा केन्द्रीय सदस्य योद्धा सीको समेत विशेष सहभागिता रहेको थियो ।

नेकपाका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय अध्यक्ष एवं अभियान टिम प्रमुख रामलाल सीको प्रमुख आतिथ्यता रहेको अस्थायी आवास हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी संघ जाजरकोटका जिल्ला अध्यक्ष रण बहादुर कार्की, गैरसरकारी संस्था महासंघ केन्द्रीय सचिव सहदेब बस्नेत, नेकपा जिल्ला पार्टी इन्चार्ज बिराजन सी, जिल्ला सेक्रेटरी . धन्जित र डोल्पा जिल्ला सेक्रेटरी गौचन सीको विशेष उपस्थिति रहेकोे थियो ।

अभियान टोली प्रमुख मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीले पार्टीले भूकम्प गएदेखि निरन्तर भूकम्प पीडितहरुको लागि सहयोग अभियान चलाइरहेको भन्दै यो तेस्रो चरणको अभियान चलिरहेको र आगामी दिनमा पनि जारी रहने बताए ।

उनले पहिलो चरणको अभियानको क्रममा नेकपाले उद्धार,औषधी उपचार, दोश्रो चरणको अभियानको क्रममा राहत वितरण र तेस्रो चरणको अभियानमा अस्थायी आवासको पूनर्निर्माण कार्य गरिरहेको बताए ।

उनले अहिले सम्म पार्टीको तर्फबाट जाजरकोट जिल्लामा भूकम्पबाट क्षतिग्रस्त कुल १५७ घरको उद्धार, ५६३ जनाको स्वास्थ्य परिक्षण तथा उपचार, १०५ अस्थायी आवास निर्माण एवं ठूलो संख्यामा नगद, जिन्सी एवं खाद्यान्न सहयोग गरेको जानकारी दिए ।

अभियान प्रमुख रामलाल सीले भूकम्प पीडितहरुको सहयोग, राहत एवं पूनर्निर्माण कार्यमा तिव्रता र पारदर्शिताका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले नेकपा र यसका भातृ संगठनहरुले भूकम्प पीडितहरुको लागी गरेको सहयोग कार्यको प्रसंशा गर्दै यसका लागि अभियान टिमलाई धन्यवाद दिए ।

आवास हस्तान्तरण पश्चात् भूकम्प पीडित परिवारहरुले पनि अभियान टिमलाई आभार सहित धन्यवाद दिए । अभियान पुस १० गते माओ दिवसको अवसरमा एक कार्यक्रम बीच उद्घाटन गरिएको थियो ।

मोर्चाको तर्फबाट केन्द्रीय प्रतिनिधि समिति सदस्य एवं केन्द्रीय कार्यालय सदस्य टिकाराम सीको नेतृत्वमा एउटा टिम रुकुम पश्चिममा भूकम्प पीडितहरुको अस्थायी आवास निमार्ण तथा सहयोग गरेर फर्किसकेको पनि मोर्चाले जनाएको छ । अभियान टिमका सदस्य मधुसूदन सीले हस्तान्तरण कार्यक्रमको सञ्चालन गरेका थिए ।

यसअघि भूकम्प गए लगत्तै नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सी सहित भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम र सल्लाय जिल्ला पुगेर राहत वितरणसंगै अस्थायी आवासको पूनर्निर्माणको काममा लागेका थिए ।

यस्तै नेकपाको केन्द्रीय स्वास्थ्यकर्मीहरुको टिम डाक्टर प्रकाश चन्द्रको नेतृत्वमा जाजरकोटमा पुगेर उपचारका सहभागी भएको थियो ।


यस कार्यले नेकपा जनताप्रति निकै उत्तरदायि तथा संवेदनशिल रहेको र जनसेवाको लागि हरहमेशा तयार रहेको देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।