२७ बैशाख २०८१, बिहीबार

नेकपा बर्दियाद्धारा बस दुर्घटनाका घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कमी नगर्न आग्रह

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले दाङ चखौरा भ्रमणको लागि गएको कृषक समूह बर्दियाको बस तुलसीपुर अमिलिया सड्क खण्डमा दुर्घटनामा परी ३५ यात्रु घाईते भएको घटनामा दुख व्यक्त गर्दै घाईतेहरुको उपचारमा विलम्व नगर्न सरोकारपक्षलाई आग्रह गरको छ ।

नेकपाका जिल्ला इन्चार्ज हिमशिखर सी र सेक्रेटरी संगीन सीले संयूक्त रुपमा आईतबार एक प्रेश विज्ञप्ति जारी गर्दै घटनाप्रति मर्माहीत हुदै घाईतेहरुको उपचारमा कुनै पनि कमी नगर्न सरोकारपक्षलाई आग्रह गरेका हुन ।

नेकपाले घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै छिटो र निशुल्क उपचारको व्यवस्था गर्न सम्वन्धित निकायको विशेष ध्यानाकर्षण गराएको छ ।

नेकपाले जारी गरेको विज्ञप्तिमा पुस १५ गते विहान ७ बजे कृषि कृषक समूह बर्दियाबाट दाङ चखौरा भ्रमणको लागि जाँदै गरेको भे १ ख २०४१ नम्वरको बस दुर्घटना परेको उल्लेख गरिएको छ ।

नेकपाले दुर्घटनामा बस चालक बर्दिया जिल्ला बढैयाताल गाउँपालिका मैनापोखर बस्ने सन्तराम थारु लगायत ३५ जना नागरिक घाईते भएको खवरले पार्टी मर्माहीत भएको जनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।