१७ बैशाख २०८१, सोमबार

आजबाट सन् २०२४ को नयाँ वर्ष शुरु

0

काठमाडौ । आजबाट सन् २०२४ को नयाँ वर्ष शुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो । नयाँ बर्षको आगमनसंगै एक आपसमा शुभकामना दिने र रमाईलो गर्नेक्रम सुरु भएको छ ।

ईस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँमा पनि खुसीयाली मनाउने चलन छ ।

नयाँ वर्षको अवसरमा नेपालभर पनि नेपाली सहित विदेशी पाहुनाहरुले खुसीयालीका सथा नयाँ वर्षको स्वागत गर्दैछन ।

सन २०२३ ले विश्वभरको राजनीतिक,सामाजिक,साँस्कृति र आर्थिक अवस्थालाई जनतातिर जोड्न सकेन । साम्राज्यवादी हस्तक्षेपले युक्रेन –रुस युद्ध देखि इजरायल र प्यालेष्टिन बिचको युद्धले भयावह रुप लियो । अमेरिकी साम्राज्यवादले युद्धअपराधको रुपमा सन २०२३ लाई निम्त्यायो । यसले विश्वभर नकरात्मक प्रभाव पार्यो ।

यस्तै सन २०२३ मा नेपालको पनि राजनीतिक,सामाजिक,साँस्कृति र आर्थिक क्षेत्रमा सन्तोसजनक प्रगति नभएको र देश दलाल व्यवस्थाको राज्य प्रणालीले थप संकटमा परेको देखियो ।

एमसीसी काण्ड, एनसेल काण्ड, सुनकाण्ड,भुटानी शरणार्थी काण्ड, पक्राउ पूर्जी काण्ड,बालकमुमारी काण्ड लगायतका काण्डै काण्डले देशको नेतृत्व र व्यवस्था झन बदनाम सावित भए । यसले दलाल संसदीय व्यबस्था पूर्ण असफल भएको र यसबाट कुनै निकास सम्भव छैन भन्ने देखायो ।

यस्तै नेपालमा दलाल व्यवस्थाको ठाउँमा समाजवाद आवश्यक छ भन्ने निश्कर्ष सहित चारदलिय समाजवादी मोर्चा नेपाल नेकपाको पहलमा गठन हुनु सकरात्मक पाटो हो ।

सन २०२३ को सकरात्मक पाटोको रुपमा देशलाई समाजवाद तिर लिन समाजवादी मोर्चा बन्नु र यसले केही नेपाली जनतामा नयाँ आसा अपेक्षा देखाउनु उपलब्धी हो । समग्रमा थोरै आसा र उपलब्धीका बिच सन २०२३ विदाई भएको छ ।

सन २०२४ को नयाँ बर्षमा नेपालका राजनीतिक पार्टीहरुले काम गर्ने तवर तरिकाहरु पुरानै ढर्रामा गर्ने हो र नेपालको अग्रगामी निकासको लागि नसोच्ने हो भने देश गम्भीर संकटमा पर्ने अनुमान गर्न सकिन्छ ।

त्यसैले पनि नयाँ वर्ष सन २०२४ मा नेपालका सबै अग्रगामी परिवर्तकारी शक्तिहरुले देशलाई समाजवाद तिर लिएर नेतृत्व गर्न आवश्यक छ । नयाँ बर्षको सबैमा यही शुभकामना !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।