१२ कार्तिक २०८१, सोमबार

साम्राज्यवादी सेनाको हस्तक्षेप बढ्‌यो भने नेकपाले हतियार उठाँउछ : सुशील सी

0

इलाम । नेकपाका स्थायी समिति सदस्य सुशील सीले अमेरिकी साम्राज्यवादको हस्तक्षेप र प्रभाव बढिरहेको भन्दै सेना लिएर अमेरिका नेपाल प्रवेश गर्ने अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले बन्दुक उठाउने बताएका छन् ।

आज इलाम जिल्लाको सदरमुकाममा भएको एक अन्तरकृया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘वर्तमान राजनीतिक संकट र यसको निकास नेपाली विशेषताको समाजवाद’ विषयक अन्तर्कृयामा सुशील सीले देशमा गंभिर संकट पैदा भएको, साम्राज्यवाद हस्तक्षेपमा आएको यो अवस्थामा देशको स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न बनाउन नेपाली विशेषताको समाजवादमा जानु पर्ने बताए ।

यसको निम्ति नेपालका कम्युनिष्ट, वामपन्थी, प्रगतिशील वर्ग, मध्यमवर्ग, देशभक्त सबैलाई एकजुट गराएर दलाल पूँजिवाद विरुद्ध लड्न पार्टी अघि बढेको बताए ।

पूर्वका पहिचानवादीले पहिला समाजवादी सत्ता स्थापनाको निम्ति संघर्ष गर्नु पर्ने बताए । समाजवादले मात्र पहिचानलाई सुनिश्चित गर्ने उनले बताए । पूर्वको पहिचानको आन्दोलनमा पश्चिमाहरु खेल्न सक्ने खतरातर्फ सचेत गराउँदै, वास्तविक पहिचानको लागि आफ्नो पार्टी लड्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।