२ जेष्ठ २०८१, बुधबार

क्रान्ति सफल गर्न मार्क्सवादको विचार, दृष्टिकोण र दर्शनमा नयाँ विकास गरि व्यवहारमा लागू गर्नुपर्छ : अनिल सी

0

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अब पुँजिवादमाथि पूर्ण रुपमा क्रान्ति सफल गर्न मार्क्सवादको विचार, दृष्टिकोण र दर्शनमा नयाँ विकास गरि व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी पुर्वी र पश्चिम नारायणी व्युरोको मनहरी-३ पालदमारमा आजदेखि सुरु भएको ५ दिने संयुक्त स्कुलिङ उद्घाटन कार्यक्रममा बाेल्दै उनलेे यस्तो बताएका हुन् ।


देशको पछिल्लो राजनीतिक परिवेशलाई मध्यनजर गर्दै नेकपाले विशेष परिस्थितिमा कम्युनिस्ट स्कुलिङ कार्यक्रमको आयोजना सन्चालन गरेको हो ।

स्कुलिङ कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि तथा नेकपाका स्थायी समिति सदस्य अनिल सीले संकटग्रस्त स्थितिबाट गुज्रिँदै आएको नेपाललाई निकास दिन पश्चगमनतिर लैजान खोज्ने साम्राज्यवादी षड्यन्त्रको भण्डाफोर गर्दै जनतालाई समाजवादतर्फ दिशाउन्मुख गर्नुपर्ने बताए । साथै एकीकृत जनक्रान्तिको जगमा टेकि समाज र देश चलाउन सक्ने, राजनीतिक भूगर्भका तथ्यहरु पत्ता लाउन सक्ने र निकट भविष्यमा हुन सक्ने आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन सम्बन्धि जानकार भइ सचेततापूर्वक समाजको नेतृत्व गर्ने र समाज परिवर्तनको नायक बन्ने क्षमताको विकास गर्नु नै स्कुलिङको मुख्य उद्देश्य भएको उनले बताए ।

त्यस्तै उद्घाटन सत्रमा सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभागका इन्चार्ज भरत सीले विगतमा सन्चालन हुँदै आएको स्कुलिङ भन्दा भिन्न, नयाँ र विशेष प्रकारको कम्युनिस्ट स्कुलिङ नै एकीकृत जनक्रान्तिको स्कुल भएको बताए । साथै वर न पर घाट न घर भनेजस्तै हुन सक्ने खतरा भएकोले पुरानो ज्ञानको आधारमा र नयाँ ज्ञानको आलोकमा नेपालमा एकीकृत जनक्रान्तिमार्फत नेपालमा  क्रान्ति सफल पार्ने जिम्मेवारी नेकपाको काँधमा आएको बताए ।

बुधबार सुरु गरिएको ५ दिने संयुक्त स्कुलिङ कार्यक्रममा उपस्थित सम्पूर्णप्रति स्वागत मन्तव्य राख्दै पार्टीका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज राम सीले जुनसुकै लडाइँ र क्रान्ति जित्न सैद्धान्तिक ज्ञान, सिद्धान्त र व्यवहारमा निपुण हुनुपर्ने र त्यसका लागि स्कुलिङको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उद्घाटन सत्रको सभाध्यक्ष एटम सीले गर्दै पौष १८ गतेदेखि पौष २२ गतेसम्म सन्चालन हुने ५ दिने संयुक्त स्कुलिङ कार्यक्रमले सिङ्गो नारायणी व्युरोमा एकीकृत जनक्रान्तिको नयाँ ज्वार सिर्जना गर्ने विश्वास लिएको बताएका छन् । उद्घाटन सत्रको सन्चालन पूर्वी नारायणी व्युरो इन्चार्ज रक्तिम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।