१७ बैशाख २०८१, सोमबार

प्रथम राष्ट्रिय दरै फुटबल प्रतियोगिता तनहुँमा हुदै

0

तनहुँ । पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा आयोजना गरिने भएको छ । अल्पसङ्ख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम राष्ट्रिय दरै सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता तनहुँमा हुने भएको हो ।

आगामी माघ १५ गतेदेखि तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिका खुला मैदानमा प्रतियोगिता हुनेछ । पिछडिएका दरै जातिका खेलाडीलाई प्रोत्साहन गर्ने, देशव्यापी दरै युवाबीच एकापसमा परिचित, सद्भाव र पारस्परिक मित्रभाव जगाउने, दुव्र्यसनी लागुऔषध, विसङ्गति विकृति फैलिनबाट जोगाउने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष ठाकुरबहादुर दरैले जानकारी दिए ।

उनका अनुसार दरै समुदायलाई खेलसम्बन्धी सचेतना जगाउनाका साथै खेलकुदमार्फत समुदायको प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य लिइएको छ । तनहुँ, चितवन, नवलपुर, गोर्खा, धादिङ दरै जातिको बाक्लो बसोबास रहेको छ ।

उनले भने, ‘नितान्त दरै समुदायका खेलाडीको मात्रै प्रतियोगितामा सहभागिता रहनेछ, यसले सबै स्थानका दरै समुदायबीचको एकता कायम गर्न मद्दत मिल्ने अपेक्षा गरेका छौँ ।’ प्रतियोगितामा सहभागिताका लागि ३२ गाउँका दरैलाई पत्राचार गरिएको उनले बताए ।

देशभरबाट २० समूह सहभागी गराउने लक्ष्य राखिएको समाजका सचिव विजय दरैले जानकारी दिए । उनका अनुसार बाक्लो बस्ती रहेका स्थानका भने बढी समूह सहभागी गराइनेछ ।

प्रथम पुरस्कार रु एक लाख एक हजार एक सय ११ र द्वितीय पुरस्कार रु ५१ हजार एक सय ११, मेडल र प्रमाणपत्र प्रदान गरिने समाजका कोषाध्यक्ष आशा दरैले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई रु दुई हजार, उत्कृष्ट गोल रक्षकलाई एक हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु एक हजार पाँच सय, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

विसं २०७८ को जनगणनाअनुसार देशभरमा दरै जातिको कूल सङ्ख्या २० हजार रहेको तथ्याङ्कमा उल्लेख छ । प्रतियोगिता सम्पन्न गर्न रु १० लाख ८३ हजार सात सय २२ रुपैया खर्च लाग्ने अनुमान गरिको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।