६ आश्विन २०८१, आईतवार

समाजवाद निर्माण गर्नका लागि सम्पूर्ण वामपन्थी, देशभक्त, राष्ट्रवादीहरु एकजुट हुनुपर्छ : माइला सी

0

भक्तपुर: नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य माइला सीले नेपाली युवाहरुले रोजगारी माग्दा गोलि खानुपर्ने दिनको अन्त्यका लागि यो व्यवस्था अन्त्य गरि समाजवाद ल्याउनुपर्ने बताएका छन् ।

भक्तपुरकाे दरबार स्क्वारमा आज राज्य षड्यन्त्रको भण्डाफोर तथा जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले दलाल पुजिवादी संसदीय व्यवस्थाको अन्त्य गरि नेपाली विशेषताको समाजवाद निर्माण गर्नका लागि सम्पूर्ण वामपन्थी देशभक्त राष्ट्रवादीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

देशको दक्ष जनशक्ति रोजि रोटीको लागि विदेशिन बाध्य पार्ने यो अहिलेको सिस्टम बाधक भएकाले यसलाई फेर्नुपर्ने बताएका हुन् । दलाल, एनसेल जस्ता विदेश कम्पनीहरुले नेपालका एक हात संसद्वादी राजनीतिक पार्टीका नेताहरु किन्ने र देश लुट्ने गरेकोप्रति चिन्ता व्यक्त गरे ।
राष्ट्रिय पुजीको संरक्षण विना नेपालको समृद्धि सम्भवना भएकाले अब नेपाली विशेषताको समाजवादका लागि सबै जनताहरु नेपाल कम्युनिस्ट पार्टीको झण्डा र नेतृत्वमा जुट्नु पर्ने धारणा राखे ।

नेकपा भक्तपुरले आयोजना गरेको कार्यक्रममा सामना परिवारको प्रस्तुतिसहित अभियान सुरु गरेको छ ।

ललितपुरबाट सुरु भएको अभियान हिजो सुर्यविनायकको गाम्चा र आज भक्तपुर नगरले दरबार स्क्वारमा भव्य कार्यक्रम गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।