६ जेष्ठ २०८१, आईतवार

जनपरिषद नेपालदद्वारा दिलकुमारी सारु मगरको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली

0

काठमाडौं । जनपरिषद नेपाल केन्द्रीय समितिले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य, पूर्वी स्याङजाका इञ्चार्ज तथा मगर मुक्ति मोर्चा नेपालका महासचिव दुर्गा सी ( सागर)का ममतामयी आमा दिलकुमारी सारु मगरको असामयिक निधनको खबरले दुखि बनाएको जनाएको छ ।

जनपरिषदका प्रमुख सन्तोस सीले बुधवार एक शोक वक्तव्य जारी गरी आदरणीय आमा दिलकुमारी सारुप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन । जनपरिषद नेपालले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

जारी वक्तव्यमा विगत एक बर्षदेखि कलेजोको क्यान्सरबाट पीडित स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. १२ सिर्सीकोट निवासी दिवङ्गत आदरणीय आमा दिलकुमारी सारु मगरले क्रान्ति र परिवर्तनमा अमूल्य योगदान गरेको उल्लेख गरिएको छ ।

जनपरिषद नेपालले जारी वक्तव्यमा आदरणीय आमाको ६५ बर्षकै उमेरमा गएराती गरौं अस्पताल वालिङ स्याङजामै निधन भएको जनाएको छ ।

उनको परिवारमा श्रीमान पोम्बहादुर सारु मगर, ५ भाई छोराहरु, एक छोरी, बुहारीहरु, नाती नातिनाहरु रहेका छन भने सागर (दुर्गा सी) उनका माइला छोरा भएको वक्तव्यमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।