१२ पुष २०८१, शुक्रबार

समाजवादले मात्रै पहिचानलाई सुनिश्चित गर्छ – सुमनसिंह सी

0

इलाम: पूर्व क्षेत्रको पहिचान आन्दोलनको पक्षमा नेपाल कम्युनिस्ट पार्टी रहेको नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले बताएका छन् । आज नेकपा इलामको आयोजनामा भएको “वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद” विषयक अन्तर्कृया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

अन्तरकृया कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै उनले १ नम्बर प्रदेशको नाम कोशी राखिएपछि आन्दोलन भैरहेको पूर्वमा अमेरिकन साम्राज्यवादीहरु खेल्न सक्ने संभावनाप्रति सचेत हुन बताए । पुजिवादले कहिलै पनि पहिचानलाई सुनिश्चित नगर्ने, बरु पहिचानको मुद्धामा खेलेर जातिजातिबिच लडाइ लडाउन सक्ने सुमनसिंहले बताए ।

उनले नेपालमा यतिबेला पैदा भएको राजनितिक संकटको निकास नेपाली विशेषताको समाजवाद रहेको र यो समाजवादले मात्रै पहिचानलाई सुनिश्चित गर्ने बताए । अहिले पहिचानवादीहरुको बिचमा साम्राज्यवादले खेलिरहेको र आफ्नो स्वार्थ पूरा गर्न पूर्वलाई मणिपुर जस्तो बनाउन सक्ने खतरातर्फ समेत सुमनसिंहले सचेत गराएका छन् ।

पूर्व १ नम्बर प्रदेशको नाम लिम्बुवान, किरात, कोचलाई सम्वोधन गरेर राख्नु पर्ने कुरामा नेकपा स्पष्ट भएको बताए । पूर्वलाई साम्राज्यवादीहरुको चलखेल, नियन्त्रण र प्रभावमा लैजाने स्थिति बने नेकपाले लडाकु दस्ता बनाएर समेत लड्न सक्ने उनको कुरा थियो । ” हामी जनताको भावनाको उच्चसम्मान गर्छौं, जनता विरुद्ध भ्रम र षड्यन्त्रको सहारा लिएर आफ्नो स्वार्थ लाद्न खोजिए नेकपालाई मान्य नहुने सुमनसिंहले बताए । ” उनले पुंजिवादले पहिचान, अधिकार, न्याय केही नदिने कुरा बुझ्न सबैलाई अनुरोध गरे । पुंजिवादले हिंसाको सहारा लिए वा पहिचानलाई भ्रमको विषय बनाएर नेपाली विशेषताको समाजवाद विरुद्ध षड्यन्त्र गरे बृहत् लडाकु दस्ता बनाउने उद्घोष गरेका छन् ।

हामी टुलुटुलु देश बर्वाद भएको हेर्न सक्दैनौँ भन्दै – अब समाजवादीहरु एक हुनु पर्ने बताएका छन् । अन्तरक्रियामा नेकपा एमालेबाट रबिन्द्र सुवेदी, नेकपा माके प्रभास शर्मा, नेकपा एसबाट आरसी, जसपाका छिरिङ तामाङ, इलाम क्याम्पस प्रमुख, प्रध्यापक अरुण नेपाल, प्रध्यापक देवेन्द्र गुरागाई, पिपिएलएका खगराज कट्टेल लगायतले अवधारणा पत्रमाथि टिप्पणी राखेका थिए । सबैले अन्तरकृया यो समयमा सान्दर्भिक रहेको बताउंदै नेपाली विशेषता समाजवादबारे बुंदागत रुपमा अवधारणा अगाडि सार्न सुझाव दिए ।

कार्यक्रमको सहजीकरण नेकपा इलाम इन्चार्ज मौसम सीले गरेका थिए । धन्यवाद मन्तव्य केन्द्रिय सल्लाहकार समिति सदस्य होम सीले राखेका थिए । कार्यक्रमको अध्यक्षता नेकपा इलामको सचिव नवराज सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।