६ जेष्ठ २०८१, आईतवार

मेची ब्यूरोमा अखिल (क्रान्तिकारी) काे ५० दिने संगठन विस्तार तथा सुदृढ अभियान संचालन

अखिल (क्रान्तिकारी) इलाम र पुर्वी झापाको अध्यक्षमा क्रमशः दिनेश सी र डीपी सी चयन

0

झापा: नेपाल कम्युनिष्ट पार्टीे निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को इलाम र पुर्वी झापाको अध्यक्षमा क्रमशः दिनेश सी र डीपी सी चयन भएका छन् । संगठनको २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा रहेको विद्यार्थी संगठन सम्मेलनलाई सफल बनाउन मेची ब्यूरोमा ५० दिने संगठन विस्तार तथा सुदृढ अभियान संचालन गरिरहेको छ । साथै संगठनले लागु औषध दुर्व्यसन विरुद्ध सचेतनामुलक अभियान पनि सोही अभियानसँगै सञ्चालन गरिरहेको छ ।

उक्त अभियान मंसिर १४ गते पश्चिम झापाबाट सुरु भएको थियोे । अभियानले मेची ब्युरो भित्रका जिल्लाहरुको सम्मेलन सम्पन्न गर्नेछ । संगठनको संरचना अनुसार ब्युरो भित्र पूर्वी झापा, पश्चिम झापा, इलाम र पाँचथर गरी ४ वटा जिल्लाहरू रहेको छ । जसमा पुर्वी झापा र इलामको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाटै पुर्वी झापाको अध्यक्षमा डिपी सी र इलामको अध्यक्षमा दिनेश सी चयन भएका हुन् ।

अभियानले व्यापक संगठन विस्तार गरी पौष १ गते पुर्वी झापाको बैठक सम्पन्न गरेको थियो । त्यसैगरी हिजो इलाममा पनि व्यापक संगठन विस्तार गरी बैठक सम्पन्न भएको छ । बैठकहरुले शिक्षा क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्न आवश्यक सहकार्य साथै संघर्ष गर्ने निर्णय गरेको विद्यार्थीका ब्युरो इन्चार्ज विनोद सीले बताए । साथै लागूऔषध दुर्व्यसनलाई न्यूनीकरण गर्न पनि संगठनले जिल्ला जिल्लामा बृहत अभियान सञ्चालन गर्ने समेत उनले बताए । अभियानकै अवधिमा पश्चिम झापा र पाँचथर जिल्लाको सम्मेलन पनि सम्पन्न गरिने भएको छ ।

ब्युरो इन्चार्ज विनोदका अनुसार नयाँ पुस्ता ठुलो भ्रममा परेको हुँदा त्यसलाई तोड्न अभियानलाई प्रत्येक विद्यालय र कलेजहरूमा प्रवेश गराई आवश्यक अन्तरक्रिया संगठनले गर्नेछ । त्यसैगरी नयाँ पुस्तालाई देशको रक्षाको निम्ति तयार गर्नुपर्ने भएकोले राष्ट्रिय स्वाधिनताको भाव बोकेको अभियानलाई सकारात्मक रुपमा लिन उनले सबै सम्बन्धित पक्ष र निकायहरुलाई अनुरोध समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।