६ जेष्ठ २०८१, आईतवार

रोजगारी माग्दा गोली दिने दलाल व्यवस्थाको जनविरोधी चरित्र होः बलवान सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बलवान सीले नेपाली युवाहरुले रोजगारीमा जान पाउँ भनेर माग गर्दा गोली दिनु दलाल व्यवस्थाको जनविरोधी चरित्र भएको बताएका छन ।

नेकपा रास्कोट नगरकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई विहिवार आरसीपी बजारमा सम्बोधन गर्दै कालिकोट जिल्ला इन्चार्ज समेत रहेका बलवान सीले दलाल व्यवस्थाको जनविरोधी चरित्रले दुइ जना युवाले अकालमा ज्यान गुमाउनु परेको बताए हुन ।

उनले दलाल व्यवस्थाले स्वदेशमै रोजगारीको ग्यारेण्टी पनि गर्न नसक्ने र विदेश जान्छु भन्दा इपीएस परिक्षा दिन पनि रोक लगाउने कुरा जाहेज नभएको टिप्पणी गरे ।

उनले असफल भइसकेको दलाल पँुजीवादी संसदीय व्यवस्थाले नेपालमा युवाहरुलाई रोजगारी दिन नसक्ने पनि दाबी गरे । उनले नेपालमा युवा,महिला,किसान, लगायतका सबैका समस्या समाधान गर्न नेपाली विशेषताको समाजवादी व्यवस्था अहिलेको आवश्यकता भएको जिकिर गरे ।

बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा पश्चिम कालिकोट जिल्ला सेक्रेटरी साहासी सीले पार्टीले ल्याएको दुई महिने अभियानमा सक्रियता पूर्वक भाग लिन सहभागीहरुलाई निर्देशन दिए ।

बैठक तथा प्रशिक्षण कार्यक्रमबाट नगरपालिका भरी पार्टी संगठन सुदृढ तथा विस्तार गरौं, राज्य षड्यन्त्रको भण्डाफोर गरौं नामको दुई महिने अभियान संचालन गर्ने निर्णय भएको छ ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि सदस्य तथा रास्कोट नगर कमिटी इन्चार्ज समग्र सीले अबका दिनमा पार्टीले दिएको जिम्मा र योजनालाई कडाइ पूर्व लागु गरिने बताए । उनले भ्रष्टाचार, महंगी, पार्टी बिरूद गलत प्रचार गर्ने र भ्रम सृजना गर्नेका बिरूद्ध संघर्ष गर्ने पनि बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य भूकम्प सी, जिल्ला सल्लाहकार समितिका सदस्य राजन सी, सहिद परिवारको तर्फबाट जिल्ला कमिटी सदस्य अमर सी लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो । बैठक तथा प्रशिक्षण कार्यक्रमको अध्यक्षतामा नगर कमिटी सचिव निर्देशन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।