६ जेष्ठ २०८१, आईतवार

एमसीसीको विरुद्ध नलड्नेहरु देशभक्ति हुन सक्दैनन्ः अनिल सी

0

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य तथा प्रचार प्रकाश विभाग इन्चार्ज अनिल सीले एमसीसीको विरुद्ध नउभिने कुनै पनि शक्ति देशभक्त शक्ति नहुने जिकिर गरेका छन ।

आज विहान मकवानपुर जिल्लाको मनहरीमा भइरहेको दोस्रो दिनको अध्ययन कार्यशाला (schooling) मा संयुक्त मोर्चाको विषयमा अध्यापन गराउदै उनले सो जिकिर गरेका हुन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता अनिल सीले पृथ्वी नारायण शाहले जीवनभरी व्रिटिस साम्राज्यवाद विरुद्ध लडेको भन्दै आज व्रिटिसको स्थानमा अमेरिकी साम्राज्यवाद आएको हुनाले अमेरिकी हस्तक्षेपको विरुद्ध लड्न नसक्नेहरु देशभक्त नहुने दाबी गरे ।

उनले पूर्व राजाप्रति सङकेत गर्दै मुर्तिचोर र गायक प्रविण गुरुङका हत्याराहरु देशभक्त नहुने बताएका थिए ।
उनले पृथ्वी नारायण शाहको साम्राज्यवाद विरोधी छविलाई दुरुपयोग र भ्रष्टिकरण नगर्न चेतावनी पनि दिए ।

केन्द्रीय अध्ययन कार्यशाला आगामी पुस २३ गते सम्म जारी रहने विभाग प्रमुख भेषराज सीले बताएका छन । कार्यक्रमको पहिलो दिन अनिल सी,भेषराज सी,सन्देश सी र असल सीले नारायणी ब्यूरोका ५० भन्दा वढी अध्ययनार्थीलाई अध्यापन गराएका थिए ।

एकजना अध्यापकले ५० मिनेटको कक्ष लिने र १० मिनेट अन्तरक्रिया गराउने गरेको कार्यक्रम स्थल बस्तीपुरबाट प्रेषित समाचारमा जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।