माओत्सेतुङ्ले क्रान्तिका ३ वटा जादुगरी हतियार छन् भन्नु भएको छ । ती हुन् १. पार्टी २.सेना ३.संयुक्त मोर्चा ।
पार्टी भनेको बिचारहरुको पुञ्ज हो । यो जनतामा पुगेपछि भौतिक शक्ति बन्दछ । त्यो भौतिक शक्ति भनेको संगठन हो । संगठनले जनतालाई बिद्रोहमा उतार्छ र क्रान्तिको नेतृत्व गर्दछ । लेनिनले कम्युनिस्ट पार्टीलाई जनताको अग्रगामी तत्वहरुको संगठन भन्नु भएको छ ।
क्रान्तिको अर्को जादुगरी हतियार सेना हो । समाज वा सत्तालाई बदल्ने भौतिक शक्ति मध्ये मुख्य शक्ति सेना वा सैन्य संगठन हो । जनयुद्धको समयमा नारा थियो –संघर्षको मुख्य रुप युद्ध र संगठनको मुख्य रुप सेना ।
क्रान्तिको जादुगरी हतियार मध्ये संयुक्त मोर्चा तेस्रो हो । साझा बिषय भएका तर एउटै पार्टी बनाउन नसकिने अवस्थामा संयुक्त मोर्चा बन्ने गर्छन् । संयुक्त मोर्चा मुख्य २ प्रकारका छन् ः १.रणनीतिक संयुक्त मोर्चा २.कार्यनीतिक संयुक्त मोर्चा । रणनीतिक बिषय (क्रान्ति ,राष्ट्रिय मुक्ति आदि )को बिषयमा बन्ने मोर्चालाई रणनीतिक संयुक्त मोर्चा र तत्कालका बिषयमा बन्ने मोर्चालाई कार्यनीतिक संयुक्त मोर्चा भनिन्छ ।
नेपालमा आवश्यक र सम्भावित मोर्चाहरु ः
१.रणनीतिक संयुक्त मोर्चा
२.वामपन्थी ,परिवर्तनमुखी र कम्युनिस्ट मोर्चा
३.देशभक्त र कम्युनिस्ट एकता
४.सच्चा लोकतन्त्रवादी र कम्युनिस्ट मोर्चा
५.अन्तराटिष्«य संयुक्त मोर्चा
यी मोर्चाहरु बन्ने–भत्किने प्रक्रिया चलिरहन्छ । देश व्यापक ध्रुवीकरणमा जान्छ । आन्दोलन वा विद्रोह चर्किदै जादा कम्युनिस्ट ,प्रगतिशील र देशभक्त एकातिर र कट्टर दलालहरु अर्कोतिर ध्रुविकृत हुन्छन् । एउटै व्यापक मोर्चा बन्न जान्छ र क्रान्ति सम्पन्न हुनेछ । विश्वका क्रान्तिका अनुभव यस्तो छन् ।
(नारायणी ब्यूरोको जारी स्कुलिङ्गमा नेकपाका स्थायी समिति सदस्य अनिल सीद्धारा प्रस्तुत पाठ्य सामग्री)