९ पुष २०८१, मंगलवार

नेकपा धादिङद्वारा बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादती विरुद्ध प्रदर्शन

0

धादिङ : नेकपा धादिङ जिल्ला समितिले बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादतीको विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा धादिङले बिहीबार बिचबजारमा चर्को ब्याजदर र ज्यादतीको विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो ।

नेकपा  पश्चिम ताम्सालिङ ब्यूरो अन्तर्गत धादिङ  जिल्ला समितिले बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादतीको विरुद्ध धादिङको  सिरान बजारबाट शुरु भएको  विरोध र्‍याली बिच बजारमा पुगेर कोणसभामा परिणत भएको  थियो । उक्त कोणसभामा नेकपा पोलिट व्युरो सदस्य तथा पश्चिम ताम्सालिङ्ग व्युरो इन्चार्ज आजाद सीले सम्बोधन  गरेका थिए । सम्बोधनको क्रममा नेता आजादले  वर्तमन समयमा बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादतीले  आम नेपाली जनताले भोग्नु परेको विकराल समस्याको विरुद्ध संघर्ष गर्ने बताएका छन् । यो व्यवस्थाले आम नेपाली जनतालाई निकास दिन नसक्ने भन्दै उनले अबको विकल्प भनेको नेपाली विशेषताको समाजवाद भएको ठाेकुवा गरे ।
अन्तमा देशकाे जिम्मा लिन आफ्नो पार्टी तयार भएको उद्घोष गर्दै साम्राज्यवाद विरुद्ध जस्तोसुकै अवस्थामा भिड्न तयार भएको र त्यसमा सबैलाई साथ दिन आग्रह समेत गरेका थिए । उक्त कार्यक्रमकाे संचालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ्ग व्युरो इन्चार्ज  मेघेन्द्र सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।