नुवाकोट: नेकपा नुवाकोट जिल्ला समितिले बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादतीको विरुद्ध कार्यक्रम सम्पन्न गरेको छ । नेकपा नुवाकोटले बिहीबार बिदुर चोकमा कार्यक्रम सम्पन्न गरेको हो । नेकपा पश्चिम ताम्सालिङ ब्यूरो अन्तरगत नुवाकोट जिल्ला समितिले बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादतीको विरुद्ध नुवाकोटको बिदुर लोकतान्त्रिक चौतारोबाट विरोध प्रदर्शन गरि सदरमुकाम बिदुर चोकमा कोणसभा भएको थियो । काेणसभा कार्यक्रममा सम्बोधन नेकपा केन्द्रिय प्रतिनिधि सदस्य सिर्जन सीले गरेका थिए । सम्बोधनको क्रममा उनलेे आम नेपाली जनताले जनजीवनमा झोले बैंक तथा लघुवित्तिय संस्थाले जुन ज्यादती गरेको छ त्यसको जस्तोसुकै परिस्थिति आएपनि सामना गर्न सदैब तयार रहेको बताए।
कार्यक्रममा प्रमुख वक्ता नेकपा केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज निर्देश सीले लघुवित्त र मिटरब्याजीको विरुद्ध र अहिलेको सबैखाले विकृति विसङगतिको निकास समाजवादी व्यवस्थाले दिने बताए । सो कार्यक्रमकाे संचालन नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा नुवाकोट जिल्ला सेक्रेटरी संगम सीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्