६ जेष्ठ २०८१, आईतवार

नेकपाद्धारा नागरिकता, परिचय पत्र लगायतका कागजात पालिकामै उपलब्ध गराउन माग गर्दै देशभर ज्ञापनपत्र पेश

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नागरिकता, जग्गा किनबेच, राष्ट्रिय परिचय पत्र लगायतका आवश्यकीय कागजातहरु नगरपालिका तथा गाउँपालिका तहमै उपलब्ध गराउन माग गर्दै देशभर जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका सबै जिल्ला समितिहरुले सुक्रवार प्रमुख जिल्ला अधिकारी मार्फत यस्तो माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका हुन ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगत नेपाल कम्युनिष्ट पार्टी पूर्बी उदयपुरले प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको पूर्वी उदयपुर सेक्रेटरी अनिता सीले जनाएकी छन ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले पनि नागरिकता लगायत अतिआवश्यकीय कागजहरु पालिका स्तर बाटै उपलब्ध गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी संकरहरी आर्चाय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको पत्रकार अशोक कुमार शाहीले जनाएका छन ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले पनि प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको नेकपा पूर्वी कालिकोट जिल्ला सेक्रेटरी रमेश सीले जानकारी दिएका छन ।

 

नेकपा बर्दियाले पनि प्रमुख जिल्ला अधिकारी मार्फत नागरिकता, परिचय पत्र लगायतका कागजात पालिकामै उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको नेकपाका जिल्ला इन्चार्ज हिमशिखर सीले जनाएका छन ।

नेकपा बाँकेले पनि जिल्ला प्रशास कार्यालय मार्फत नेपाल सरकारलाई शुक्रवार ज्ञापनपत्र बुझाएको नेकपाका केन्द्रीय सदस्य शेखर सीले जनाएका छन ।

यस्तै नेकपा काठमामाडौंले पनि जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र दिएको पत्रकार मनिसा चौलागाईले जनाएकी  छन ।

यस्तै नेकपा सुनसरीले पनि प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चाय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको नेकपाका जिल्ला इन्चार्ज डिविसीले जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।