६ जेष्ठ २०८१, आईतवार

अखिल (क्रान्तिकारी) सिरहाको अध्यक्षमा प्रियंका वाइबा निर्वाचित

0

राष्ट्रिय स्वाधिनता र शिक्षा क्षेत्रका विकृति विरुद्ध हाम्रो आन्दोलन ! सुदृढ संगठन र समाजवादी शिक्षाका लागि प्रथम सिरहा जिल्ला सम्मेलन !! भन्ने मूल नाराका साथ शुक्रबार ने.क.पा निकट अखिल (क्रान्तिकारी ) सिरहा जिल्लाको सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट अध्यक्षमा प्रियंका वाइबा, उपाध्यक्षमा हरे राम यादव, सचिवमा कमलेश कुमार यादव, सहसचिवमा किरण मण्डल र कोषाध्यक्षमा सर्मीला राई लगायत ३१ सदस्यीय जिल्ला समिति निर्वाचित भएकाे छ ।

रामप्रताव रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसबाट र्यालीसहित गोलबजारको परिक्रमा गरि अतिथि सदनको हलमा भव्य तथा सानदार रुपमा सम्मेलन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका पिबिएम त्रिलोक सी, विशेष अतिथिमा अखिल (क्रान्तिकारी) मधेस कमान्ड इन्चार्ज प्रकाश सी र रामकुमार सी, अतिथिमा विक्रान्त सी, तिलक सी, माइला सी, रमन सी लगायत नेताहरुको उपस्थिति थियो ।

पियंका वाइबाको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन मोनिका श्रेष्ठले गरेकी थिइन् भने स्वागत मन्तव्य सर्मिला राईले राखेकी थिइन् ।


कार्यक्रममा शुभकामना मन्तव्य रमन सी, तिलक सी, विक्रान्त सी, प्रकाश सी र त्रिलोक सीले राखेका थिए ।
कार्यक्रममा सम्बाेधन गर्दै प्रमुख अतिथि त्रिलोक सीले सिरहा, मधेस र देशको शैक्षिक समस्या समाधान गर्न अखिल (कान्तिकारी) को काँधमा आएको बताए ।
अबको विद्यार्थी आन्दोलन दलाल पुजीवादी संसदीय व्यवस्था फेर्ने आन्दोलन हुनुपर्ने बताए । उनले नेकपाको नेतृत्वमा एकिकृत जनक्रान्तिमार्फत नेपाली विशेषताको समाजवादी व्यवस्था र समाजवादी शिक्षा प्रणाली लागू गर्नको लागि अग्रगामी दिशातिर मधेस प्रदेशको छुट्टै पहिचानसहितको नयाँ आन्दोलन आवश्यकता रहेको जिकिर गरे । जनताको जनजीविका, शिक्षा, स्वास्थ्य, गाँस, बास र कपाससहितको मुद्दाहरुसँगै अखिल (क्रान्तिकारी) ले राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नुपर्ने बताए । त्यसैगरी विशेष अतिथि प्रकाश सी र विक्रान्त सीले अब मधेसको विद्यार्थी आन्दोलन र अहिले शिक्षा प्रणाली सबैको हितमा नभएको यसलाई परिवर्तन गर्न अखिल (क्रान्तिकारी) ले जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने बताए ।

सम्मेलन रामप्रताव रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसबाट र्यालीसहित गोलबजारको परिक्रमा गरि अतिथि सदनको हलमा भब्य तथा सानदार रुपमा भएको थियोे ।

 

हालसम्म कुनैपनि भेला सम्मेलन नभएको सिरहा जिल्ला सम्मेलन अखिल (क्रान्तिकारी ) का मधेस कमान्ड इन्चार्ज प्रकाश सी र पुर्वी जनकपुर ब्युरो इन्चार्ज विक्रान्त सीको कार्यकालमा शुन्यबाट संगठन निर्माण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।