५ जेष्ठ २०८१, शनिबार

स्कुलिङ कार्यक्रममा सहभागी नेकपा नेता कार्यकर्ताद्वारा जनश्रमदान

0

मकवानपुर । ६ दिने स्कुलिङ कार्यक्रममा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता जनश्रमदानमा पनि सहभागी भएका छ । स्कुलिङ टोलिले खाली समयको सदुपयोग गर्ने उद्देश्यले स्थानीय जनताको दाउरा ओसार्ने कार्यमा सहयोग गरेको हो ।

पौष १८ गतेदेखि मनहरी-३, पालदमारमा संचालित ६ दिने स्कुलिङ कार्यक्रममा पूर्वी तथा पश्चिम नारायणी व्युरोका विभिन्न ९ जिल्लाका नेतृत्व पंक्तिको सहभागिता रहेको छ । स्कुलिङमा राजनीतिक अर्थशास्त्र, दर्शनशास्त्र, वैज्ञानिक समाजवाद, उत्पादन, सौन्दर्यशास्त्र, जनस्वयंसेवक, संयुक्त मोर्चाबारे अध्ययन भैरहेको छ ।

स्कुलिङको चौथो दिन विप्लव स्कुलिङमा सहभागी सबै नेतृत्वहरु दिउँसोको खाली समयमा स्थानीय जनताको श्रममा सहभागी भएका छन् । अफ्ठ्यारो ठाउँमा रहेको ढलेका दाउराका मुडालाई निकाली सजिलो ठाउँमा ल्याएर राख्ने काममा सबैले सहयोग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।