२२ बैशाख २०८१, शनिबार

जनपक्षीय श्रष्टा आरोहको प्रश्नः यो गणतन्त्र कसको हो ?

0

काठमाडौ । जनपक्षीय कलाकार एवम् सामना सांस्कृतिक परिवारका टोलीप्रमुख आरोह सीले अहिले देशमा चलिरहेको गणतन्त्र जनताको हो कि केही सत्तासीनहरुको मात्रै हो ? भन्दै प्रश्न गरेका छन ।

शनिबार कलङ्कीमा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन ।

शान्ति, समृद्धि , स्वाधीनता र समाजवादका लागि! महंङ्गी, भ्रष्टाचार , जनघात र रास्ट्रघातका विरुद्ध,राज्य षडयन्त्रको भण्डाफोर तथा जनजागरण अभियानको क्रममा श्रष्टा आरोहले ललिता निवास खानेहरु ,देश बेचेर निल्नेहरु झनै शक्तिशाली र बलशाली भएर गएको बताए ।

उनले हिजो राजतन्त्र र पञ्चायतमा जो सत्ता र शक्तिमा थिए उनीहरु नै अहिले शक्ति केन्द्रको वरिपरि रहेकोले सर्वसाधारण नागरिकले परिवर्तनको अनुभति गर्न नसकेको बताए ।

मन्तव्यको क्रममा कलाकार आरोहले आजको मुख्य समस्या भ्रष्टाचार भएको र यसको कारण विद्यमान व्यवस्था भएकोले व्यवस्था नबदलिकन नागरिकको अवस्था बदल्न सकिन्न भन्ने कुरा नेपालमा बारम्बार प्रमाणित भैसकेको समेत दावी गरे ।

‘देशमा आर्थिक राजनीतिक संकट बढ्दै गएको छ, देश बर्बादीको अन्तिम डिलमा छ’ उनले थपे–“यदि हामी देश बचाउन चाहान्छौ भने अब जनताले फ्याकिसकेको राजतन्त्र र हिन्दुतन्त्र होइन अग्रगामी ढङ्गको निकासका लागि समाजवादी व्यवस्था अपरिहार्य छ ।”

नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्यूरो अन्तर्गत ३ नम्बर जिल्लाको संयोजनमा भएको कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारहरुले महासचिव विप्लको गित –जनताको काखैमा बसेर, जनताको मायामा हुर्केर ,जोगायौं आस्था, माइला लामाको ब्यूझ युवाहरु र मणी थापाको गणतन्त्र कसको भन्ने बोलको गित सहित नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा नेकपा नेताहरु माइला सी र जिल्ला इन्चार्ज डि आर सी लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।