५ जेष्ठ २०८१, शनिबार

शिवगढी पर्यटन विकास संस्थाको १३ औँ साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न

0

शिवगढी पर्यटन विकास संस्थाको १३ औँ साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले समष्टिगत प्रतिवेदन र लेखाप्रतिवेदन पारित गर्दै नयाँ समिति चयन गरेको छ । शिवगढी पर्यटन विकास संस्थाको अध्यक्षमा माल बहादुर घर्ती मगर, उपाध्यक्षमा विनाेद सी द्वितिय उपाध्यक्षमा बादल सी, सचिवमा दिपेन्द्र प्रसाद निराैला, सह-सचिवमा सन्ध्या बुढाथोकी र सथिया थारु, काेषाध्यक्षमा सुष्मा सीलाई चयन गरिएको छ ।


उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीकाे प्रमुख आतिथ्यतामा रहेको थियो भने अथितिमा लुम्बिनी प्रदेश सांसद अर्जुन कुमार केसी र विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल थापा लगायत स्थानीय राजनीतिक, सामाजिक तथा विभिन्न संस्थामा आबद्ध प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।