२२ बैशाख २०८१, शनिबार

दलाल संसदीय गणतन्त्रले जनतालाई शान्ति दिन सकेनः माईला सी

0

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा बरिष्ठ जनपक्षीय कलाकार माईला सीले दलाल संसदीय गणतन्त्रले नेपाली नागरिकलाई शान्ति दिन नसकेको टिप्पणी गरेका छन ।

शनिबार कलङ्कीमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन बोल्दै उनले नेपालमा जनताको गणतन्त्र नभएर दलाल पुँजीवादी गणतन्त्र भएकाले नेपाली नागरिकलाई शान्ति दिन नसकेको टिप्पणी गरेका हुन ।

‘गणतन्त्रसङ्ग जनताले दुई वटा कुराहरू मागेका हुन शान्तसङ्ग बाच्न पाउने अधिकार र आफ्नो देशमा पाखुरा खियाएर काम गर्न पाउने परिस्थिति’ उनले भने, ‘तर ती दुवै कुराहरू प्राप्त हुन सकेनन । जनताले बलिदान गरेर देशमा गणतन्त्र ल्याएका हुन तर यो केही मुठ्ठीभर मान्छेको कब्जामा प¥यो । देश भ्रष्टाचार , महङ्गी बेरोजगार, मिटरब्याज र बिदेशी हस्तक्षेपले आक्रान्त छ जनताले यो संकटबाट निकास खोजेका छन ।’

मन्तव्यको क्रममा नेता माइलाले युवाहरू बिदेश जान पाउने रोजगारी पाउ भनेर माग्दा राज्यले बालकुमारीमा युवाहरूमाथी गोलि बर्षाएको बताए ।

उनले हाम्रा युवतीहरू बलत्कृत भएर, आईरहेको भन्दै एउटा स्वर्ग जस्तो देशमा हामी यसरी नै बाँच्नु पर्ने ? भन्दै प्रश्न समेत गरे ।

प्रेम प्रसाद आचार्यहरु कसरी मरे,युक्रेन रुस युद्ध देखि इजरायल प्यालेस्टाईन युद्धमा दशौ नेपालीहरु मरिसके, मिटरब्याज र सहकारी सङ्ग हामीले कहिलेसम्म पीडित भएर बस्नुपर्ने? के गणतन्त्रको स्थापना गर्ने आन्दोलनमा हामीले देखेको सपना यहि थियो? उनको थप प्रश्न थियो ।

उनले भने ‘जबसम्म दलाल पुँजीवाद रहन्छ,तबसम्म देशमा औद्योगिकरण र रोजगारी सिर्जना हुदैन ,रोजगारी बिना देश समृद्ध र नागरिक स्वतन्त्र तथा सुखी हुन सक्तैनन,त्यसैले अबको पहिलो काम दलाल पुँजीवादको जरा उखेल्नु हो ।’

उनले जतिबेला सम्म यो दलाल पुँजीवाद रहन्छ तबसम्म यी समस्या र संकट बढ्दै जाने भन्दै नयाँ समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको दाबी समेत गरे ।

नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्यूरो अन्तर्गत ३ नम्बर जिल्लाको संयोजनमा भएको कार्यक्रममा ३ नम्वर जिल्ला इन्चार्ज डिआर सीले पनि बोल्दै अहिलेको समस्या दलाल व्यवस्था भएको र यसलाई बदल्नुको विकल्प नभएको बताए ।

सामना सांस्कृतिक परिवारका कलाकारहरुले कार्यक्रममा विभिन्न क्रान्तिकारी तथा रोचक गीत संगीत र नृत्यहरु प्रस्तुति गर्दै सहभागीहरुलाई उत्साहित बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।