३ जेष्ठ २०८१, बिहीबार

नेकपा कावासोती नगरको भेला तथा अखिल नेपाल ट्रेड युनियन महासंघ नवलपुरको जिल्ला भेला सम्पन्न

0

नवलपुर: नेपाल कम्युनिष्ट पार्टी कावासोती नगरको नगर सम्मेलन सम्पन्न भएको छ । नगर समिति सेक्रेटरी भरतलाल जोशीको अध्यक्षतामा सम्पन्न भेलाले भरतलालको नेतृत्वमा ३५ सदस्यीय नगर कमिटी निर्माण गरेको छ । कावासोती नगरपालिकाको विभिन्न वडाबाट प्रतिनिधि तथा सहभागीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका नवलपुर जिल्ला इन्चार्ज सुमन सीको प्रमुख आतिथ्यता रहेकोथियो | कार्यक्रममा जिल्ला जिल्ला इन्चार्ज सुमनले अहिले देश संसदवादीहरुको कारण विदेशी गुलाम बन्ने दिशामा गएकाले यो व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी मात्रै भएको बताएका थिए | कार्यक्रममा जिल्ला सेक्रेटरी रक्षक, समाजवादी मोर्चाका नेता परिवर्तन, जनपत्रकार संगठन नवलपुरका अध्यक्ष भानु चापागाईं लगाएतले मन्तव्य राखेका थिए |

यसैबीच अखिल नेपाल ट्रेड युनियन महासंघ नवलपुरको जिल्ला भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट मजदुरहरुको पेशागत संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ नवलपुरका संयोजक महेश आचार्यको अध्यक्षतामा सम्पन भेलाले महेश आचार्यको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । देवचुली नगरपालिकामा रहेको सिजी उद्योगमा महासंघका केन्द्रिय अध्यक्ष श्याम सेन्चुरीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको संचालन सुरज विकले गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सुमन, जिल्ला सेक्रेटरी रक्षक लगाएतले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।