५ जेष्ठ २०८१, शनिबार

जनजागरण अभियानमा जनताको आकर्षण

0

काठमाडौं: राज्य षड्यन्त्रको भन्डाफोर तथा जनजागरण अभियान ललितपुरको लगनखेलबाट सुरु भएको अभियान काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मित्रनगर बिजी मल (Bg mall) अगाडि सम्पन्न भएको छ ।
कार्यक्रममा केन्द्रिय सामना परिवारले भव्य जनवादी सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका पिबिएम माइला सीले सम्बोधन गरेका छन् ।

सम्बाेधनका क्रममा उनलेे विदेश जाने युवाहरुकाे कथा र व्यथालाई समेटेर कुरा राख्दा कार्यक्रममा सहभागीहरुलाई भावुक बनाएको थियो । दलालसत्ताले जनताको जिवन कष्टकर हुँदै गएको समेत बताए । युवाहरु बेच्ने दलालहरुलाई नेपाली जनताले अब लेखेट्नु पर्ने बताए । साथै एमसीसी परियोजना कार्यन्वयन भयो भने देश युक्रेन झै बर्बाद हुने उनलेे सबै सम्पूर्ण देशभक्तहरुले बेलैमा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सहभागी हुन अपिल समेत गरे ।

कार्यक्रममा सयौं जनसमुदायहरुकाे सहभागिता थियो । कार्यक्रमको संचालन पार्टीका केन्द्रीय सदस्य आरोह सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।