१३ पुष २०८१, शनिबार

अखिल (क्रान्तिकारी) बागमती कमाण्ड अन्तर्गत अभियान प्रमुखहरुको पहिलो बैठक सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बागमती कमाण्ड अन्तर्गतका ब्यूरो जिल्ला अभियान कमाण्डरहरुको पहिलो बैठक संगठनको केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न भएको छ ।

संगठनका केन्द्रीय कार्यालय सदस्य तथा बागमती कमाण्ड इन्चार्ज मदन सीको अध्यक्षतामा बसेको बैठकमा अभियान कमाण्डरहरु संगठन केन्द्रीय सचिवालय सदस्य एवम् त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, संगठनका सचिवालय सदस्य तथा CTEVT ब्यूरो इन्चार्ज डिबी सी, संगठनका केन्द्रीय सचिवालय सदस्य तथा विश्वविद्यालय ब्यूरो इन्चार्ज सुवास सी, संगठनका केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका बिशेष ब्यूरो इन्चार्ज लोकेश सी, संगठनका केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ ब्यूरो इन्चार्ज दयाराम सी, केन्द्रिय सदस्यहरु निगम सी, उपेन्द्र सी, जनक सीको सहभागिता रहेको थियो ।
बैठकमा अभियान कमाण्डरहरुले अभियान अवधिभर कार्यक्षेत्रमा भएका गतिविधिबारे रिपोर्टिङ गरेका थिए ।
बैठकमा उठेका विषयहरुबारे धारणा राख्दै बागमती कमाण्डका इन्चार्ज मदन सीले राष्ट्रिय सम्मेलनलाई भव्य बनाउन सबै एक भएर फिल्डमा लाग्नु पर्ने बताएका थिए ।
बैठकले जिल्ला सम्मेलनहरु गर्ने निर्णय पनि गरेको छ जस अनुसार
माघ १९ गते काठमाडौँ जिल्ला
माघ २७ गते त्रिवि इन्जिनियरिङ जिल्ला
माघ २३ गते भक्तपुर
माघ २५ गते ललितपुर
माघ २६ गते दोलखा
माघ २९ गते रसुवा
माघ १८ गते नुवाकोट
माघ १० गते रामेछाप
माघ १० गते धादिङ
माघ २१ गते सिन्धुपाल्चोक
माघ १८ गते भित्र पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय जिल्लाको सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकले जिम्मेवारी हेरफेर पनि गरेको छ । जसअनुसार संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् त्रिवि ब्यूरो इन्चार्ज अनिल सीले पुरानै त्रिवि ब्यूरोको संरचना अन्तर्गत क्याम्पस जिल्ला, त्रिवि जिल्ला, त्रिवि इन्जिनियरिङ जिल्ला हेर्ने साथै काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका पनि हेर्ने, संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् विश्वविद्यालय ब्यूरो इन्चार्ज सुवास सीले पुरानै ब्यूरोको संरचना अनुसार काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय हेर्ने र अभियान अवधिभर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका पनि हेर्ने, त्यस्तै संगठनका सचिवालय सदस्य एवम् CTEVT ब्यूरो इन्चार्ज डिबि सीले CTEVT ब्यूरोको पुरानै संरचना हेर्ने अभियान अवधिभर ललित जिल्ला र काठमाडौँ शंकरापुर नगरपालिका हेर्ने यस्तै संगठनका सचिवालय सदस्य लोकेश सीले काठमाडौँ महानगर लगायत बाँकी नगरपालिका हेर्ने निर्णय भएको छ । यस्तै संगठनका केन्द्रीय सदस्य निगम सी भक्तपुर जिल्ला हेर्ने, संगठनका केन्द्रीय सदस्य दयाराम सीको पहिलेकै ताम्सालिङ ब्यूरो हेर्ने निर्णय भएको छ । संगठनको केन्द्रीय सदस्य यशोदा सीलाई भक्तपुर, संगठनका केन्द्रीय सदस्य प्रजित सीलाई काठमाडौ महानगर ,संगठनका केन्द्रीय सदस्य प्रजिना सी विश्वविद्यालय र संगठनका केन्द्रीय सदस्य एवम् रामेछाप जिल्ला संयोजक पर्शुराम सीलाई ललितपुर पठाउने निर्णय गरिएको छ । यस्तै अभियानलाई तीव्रता दिदै सम्मेलनहरु समयमै सम्पन्न गर्ने निर्णय पनि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।