२३ बैशाख २०८१, आईतवार

गजल

0

 

      कल्पना सी

 

ठूलो राेग नलागाेस् मलाई बेच्नु पर्छ
भएको घरजग्गा सबै बेच्नु पर्छ
सपनाको पनि कसरी अर्थ लगाउ म
सपना पूरा गर्न आफैलाई बेच्नु पर्छ ।

थकाइ लाग्दा आराम गर्ने निवास छैन
काे आफन्त काे पराई कुनै आभास छैन
चाेकमा कपडा बेच्नेलाई कुटपिट छ यहाँ
बालिकाको शरीरकाे लुगा च्यात्नेलई
कारागार छैन ।

अस्पतालसम्म बिरामी स्ट्रेचरमा आउँछ
दु:ख पीडा अभाव सबै बेला बेला आउँछ
धनी नै मान्नुपर्छ मेरो देश
बिरामीलाई भेट्ने मान्छे हेलिकप्टरमा आउँछ ।

लुटेरा दलालहरु कै प्रचार आउँछ
छिमेकीले सिमा मिच्याे समाचार आउँछ
हत्या गर्दै हिडेकाे मान्छे छुटेछ जेलबाट
देश बचाउँछु भन्नेलाई पक्राउ पुर्जी आउँछ ।

तिम्रो जाली सपनालाई सहन सकिन
कुनै कालाे जहर पिउन सकिन
त्यसैले त म गाइरहेकी छु मुक्तिकाे गीत
तिम्रो गिद्धे दृष्टि मेरो अस्मिता माथि सहन सकिन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।