३ जेष्ठ २०८१, बिहीबार

‘वर्तमान राष्ट्रिय सङ्कट र यसको समाधान’ विषयक अन्तरक्रिया ललितपुरमा सम्पन्न

0

ललितपुर। नेपाल कम्युनिस्ट पार्टी ललितपुर, गोदावरी नगर समितिको आयोजनामा ‘वर्तमान राष्ट्रिय सङ्कट र यसको समाधान” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जनभावना क्याम्पस चापागाउँ, ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अन्तर्क्रिया कार्यक्रमले वर्तमान राजनीतिक,आर्थिक,सामाजिक,साँस्कृतिक सङ्कटको मुख्य कारक तत्व: दलाल संसदीय पुँजीवादी प्रणाली भएको र यसको सहि समाधान: समाजवाद नेपाली विशेषताको समाजवादी प्रणालीको स्थापनाले मात्र दिने निष्कर्ष निकालेको छ। साथै उक्त कार्यक्रममा नेकपा उपर रचिएको पक्राउ पुर्जी इत्यादि षडयन्त्र खारेज गरिनु पर्ने सहभागीले धारणा राखेका थिए।

कार्यक्रममा महेश बज्र सीले अवधारणा पत्र वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन चन्द्र सीले गरेका थिए।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य श्याम सिल्वाल, नेसपा केन्द्रीय सदस्य कृष्ण मुरारी ढकाल,बुद्धिजीवी/एमसिसी खारेजी अभियान केन्द्रीय अभियन्ता महादीप पोखरेल, कार्यकारी निर्देशक ग्रामिण विकास विज्ञ RICOD रामहरी घिमिरे लगायतका वक्ताहरु सहभागि भएका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।