२७ आश्विन २०८२, सोमबार

कविता

0


‎          कल्पना सी


‎मनमा देश देशसँग माया गाँस्दछन् योद्धा
‎दिलाई खुसी सबैलाई अनि हाँस्दछन् योद्धा
‎नडराइ कसैसँग कदम अगाडि चाल्दछन् योद्धा
‎छोड्दैन कहिल्यै क्रान्तिको बाटो हिड्दछन् योद्धा ।


‎पौरखमा बाच्छ विदेशीको सामु झुक्दैन योद्धा
‎भोकभोकै बस्छ तर पैसाको लोभमा बिक्दैन योद्धा
‎नेल जेल  र छातीमा तातो गोली पचाउँछ योद्धा
‎युग परिवर्तनको न्यानो ज्याेति जगाउँछ योद्धा ।


‎परिनै आए मार्छ मर्छ हार स्विकार गर्दैन योद्धा
‎लड्छ युद्ध कमजोर आफुलाई मान्दैन योद्धा
‎देख्दा दुस्मन चाल्छ अगाडि कदम रोक्दैन योद्धा
‎निरन्तर बोल्छ न्यायको आवाज कसैले छेक्दैन योद्धा ।


‎जितेर युद्ध वीरताको गाथा बनाउँछ योद्धा
‎रगत पसिनाको रङले देश सजाउँछ योद्धा
‎सहिदलाई सम्मान देशलाई माया गर्दछन् योद्धा
‎मनमा देश देशसँग माया गाँस्दछन् योद्धा ।।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।