१७ बैशाख २०८१, सोमबार

उजाडिएको व्यक्तिको बयान

0

                             – समिह अल–कसिम

 

यदि मलाई खानै छोड्नु परोस्
यदि कमिज र ओछ्यान बेच्नु परोस्
यदि ढुङ्गा फुटाएर खान परोस्
वा ज्यामीको
वा चर्पी सफा गर्नु परोस्
यदि मलाई तिम्रो धन्सार सफा गर्न परोस्
वा गोबरको अन्न टिपेर बाँच्नै
वा अनिकाल नै बसौं
र मौन
ए, मानवताका शत्रु !
म सम्झौता गर्ने छैन
अन्तिमसम्म लड्नेछु ।

आऊ मेरो भूमिको
अन्तिम टुक्रा पनि लुट
जेलको कालकोठरीभित्र
मेरो यौवन धकेल
मेरो विरासत लुट
मेरा पुस्तकहरू जलाइदेऊ
मेरो थालमा आफ्नो कुकुरलाई खान देऊ
आऊ मेरो गाउँको छानामाथि
आतङ्कको जाल थाप
मानवताको दुश्मन
म सम्झौता गर्ने छैन

अन्तिमसम्म लडिरहन्छु ।

यदि तिमी मेरो आँखामा
मैनबत्ती पगालेर हाल्छौ
यदि मेरो ओठमा
सम्पूर्ण बोसो जमाइदिन्छौ
यदि तिमी मेरो संसारलाई
गोलीले भर्छौ
वा मेरा पीडाहरू दबाउँछौ
मसँग जालसाँजी गर
मेरा बच्चाको अनुहारको खुसी लुट

मेरो आँखामा अपमानको पीडा भर
मानवताका शत्रु
म सम्झौता गर्दै गर्दिन
र अन्तिमसम्म लड्नेछु
म लडिरहन्छु ।

मानवताका शत्रु
बन्दरगाहको संकेत सूचक ध्वस्त पारिएको छ
वातावरणमा अनेक सङ्केत छन्
मैले तिनीहरूलाई जताततै देखिरहेको छु
क्षितिजमा नाउको छानो देखिएको छ
त्यो आइरहेको छ
विरोध गर्दै–गर्दै
यूलिसिसको डुङ्गाहरू आइपुग्दैछ
गुमाएका मान्छेका समुन्द्रबाट
सूर्योदय हुँदैछ
मान्छेहरू अघि बढिरहेका छन्
र यसको लागि
म वाचा गर्छु
म सम्झौता गर्नेछैन
र अन्तिमसम्म लड्नेछु
म लड्नेछु ।

स्रोत : इंतिफादा
अनुवाद : अनिल सी


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।