५ जेष्ठ २०८१, शनिबार

समाजवादी क्रान्ति पुरा गर्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुन्छः अनिल विरही सी

0

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य अनिल विरही सीेले समाजवादी क्रान्ति पुरा गर्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुने बताएका छन ।

जनपत्रकार सङगठन नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै स्थायी समिति सदस्य अनिल विरही सीले यस्तो कुरा बताएका हुन ।

विभागीय इन्चार्ज समेत रहेका उनले दलाल पुँजीवादी व्यवस्था पूर्णरुपमा नेपालमा असफल भएको बताउदै समाजवादी व्यवस्था अनिवार्य भएको जिकिर गरे ।

उनले विगतका परिवर्तनका आन्दोलनमा पनि मिडिया मोर्चाको उल्लेखनीय भूमिका रहेको चर्चा गर्दै अबको समाजवादी क्रान्ति सफलतामा पुर्याउन पनि मिडिया मोर्चाको महत्वपूर्ण भूमिका रहने दाबी गरे ।

नेता अनिलले जनपत्रकार सङगठन अरु पत्रकार सङगठन र मिडिया मोर्चा भन्दा फरक र अग्रगामी भएको भन्दै यसले तयार गर्ने समाचार र सम्प्रेषण गर्ने सूचना जनताको पक्षमा हुनुपर्ने बताए । नेता अनिलले आगामी दिनमा सङगठनले बनाएका योजना कार्यान्वयन गर्न पनि निर्देशन दिए ।

बैठकलाई जनपत्रकार सङगठन नेपालका केन्द्रीय सल्लाहकार समितिका संयोजक राजेन्द्र चिमौरियाले सम्बोधन गर्दै सङगठनको केन्द्रीय समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्न सुझाव दिए ।

बैठकमा जनपत्रकार सङगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले पदाधिकारीको बैठकले विगतका बैठकले निर्णय गरेका र पुरा हुन बाँकी कामहरु तदारुकताका साथ कार्यान्वयन गर्न लाग्नु पर्ने बताए ।

बैठकले सङगठनको केन्द्रीय सचिवालयको बैठक आगामी फागुन ४ गते बर्दघाट आसपासमा गर्ने,पत्रकार महासंघको सदस्यताको लागि महासंघसंग आवश्यक भेटघाट गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा सङगठनका उपाध्यक्ष जानकी चौधरी र सचिव बसन्त विकको सहभागिता रहेको थियो । बैठकको अध्यक्षता सङगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।